अनलाइन टिभी पत्रकार संघका सदस्यलाई नेपाल न्युज बैंकले ५० प्रतिशत छुट दिने
२०८२ वैशाख १५ सोमवार
- न्युज बैंकले संघमा आवद्ध सदस्य संस्था र पत्रकारहरूलाई फोटो, भिडियो, फोटो फिचर, रफकट भिडियो फुटेज, टेक्स्ट सामग्री, सामाजिक सञ्जाल लाइभ तथा अनुसन्धानमूलक रिपोर्टजस्ता सेवाहरूमा ५० प्रतिशत सहुलियत दिने भएको छ।
काठमाडौँ : अनलाइन टिभी पत्रकार संघ नेपाल र नेपाल न्युज बैंक समाचार एजेन्सीबीच विशेष सहुलियतमा सेवा दिने सम्झौता भएको छ।
न्युज बैंकले संघमा आवद्ध सदस्य संस्था र पत्रकारहरूलाई फोटो, भिडियो, फोटो फिचर, रफकट भिडियो फुटेज, टेक्स्ट सामग्री, सामाजिक सञ्जाल लाइभ तथा अनुसन्धानमूलक रिपोर्टजस्ता सेवाहरूमा ५० प्रतिशत सहुलियत दिने भएको छ।
संघका सदस्यहरूले नियमित सेवाहरूमा प्रचलित अधिकतम दरको ५० प्रतिशत छुटसहित सेवा प्राप्त गर्न सक्ने सम्झौतामा उल्लेख गरिएको छ ।
सेवा उपभोगका लागि सदस्यहरूले अनलाइन टिभी पत्रकार संघद्वारा प्रमाणित सदस्यता कार्ड वा सिफारिस पत्र नेपाल न्युज बैंकलाई बुझाउनुपर्नेछ।
सम्झौतामा अनलाइन टिभी पत्रकार सङ्घको तर्फबाट अध्यक्ष जीवन भण्डारीले र नेपाल न्युज बैंकका तर्फबाट सम्पादक युवराज गौतमले हस्ताक्षर गरेका छन्।
न्युज बैंकको प्रस्तावमा गरिएको सम्झौता वैशाख १५ देखि एक वर्षसम्म लागू हुने र दुवै पक्षको सहमतिमा नविकरण गर्न सकिने भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युक्रेन वर्तमान युद्धमोर्चामै युद्धविराम गर्न तयार छ- जेलेन्स्की
-
नेपाली कांग्रेसको आधिकारिक सभापति हुँ : देउवा
-
१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौं उपत्यकाको विद्युत आपूर्ति थप भरपर्दो हुने
-
साढे ७ करोड कमिसन बाँडिएको आरोपमा विशेष अदालतको फैसला ‘मौन
-
देउवा समूहको प्रभावमा परेर पार्टीविरुद्ध गतिविधि गर्नेलाई कारबाही हुन्छ- गगन थापा
धेरै पढिएको
विशेष
नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ
भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।