लुम्बिनीलाई विश्वकै अध्यात्मिक अध्ययन र चिन्तन केन्द्र बनाइने

२०८२ बैशाख १३ शनिबार
सारांश
  • शनिवार लुम्बिनीमा आयोजित चौथो एसियाली बौद्व सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

काठमाडौं : संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन र चिन्तनको रूपमा पहिचान कायम गराउन सरकार प्रतिवद्व रहेको बताएका छन् । 


शनिवार लुम्बिनीमा आयोजित चौथो एसियाली बौद्व सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । 


मन्त्री पाण्डेले भने, ‘लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन, चिन्तन र मनन्को केन्द्रको रूपमा पहिचान कायम गराउन सरकार प्रतिवद्व रहेको छ । विश्वविख्यात योजनाविद् केन्जो टांगको गुरूयोजनालाई आधारमा लिई रामग्राम, देवदह, तिलौराकोट, गोटिहवा र निग्लिहवा जस्ता धार्मिक ऐतिहासिक स्थलहरू समेट्दै लुम्बिनी क्षेत्रको एकीकृत विकास गर्ने लक्ष्य लिएको छ ।’


उनले बौद्व धर्मावलम्बीको मर्मलाई आत्मसात् गर्दै स्थानीय समुदायको अपनत्व र प्रकृति र विकासको  सन्तुलन आवश्यक रहेको बताए । 


उनले संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उ थान्को सोचलाई आत्मसात गर्दै लुम्बिनीको विकास र प्रवद्र्धनका लागि संयुक्त राष्ट्र संघका १६ वटा राष्ट्रहरू सम्मेलित अन्तर्राष्ट्रिय समितिलाई पुनः सक्रिय बनाउनका लागि यसै वर्ष बैठक आव्हान गर्ने समेत बताए । 


एसियन बुद्विष्ट कल्चरल फेष्टिभलले लुम्बिनीको अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन गर्न समेत टेवा पुग्न भन्दै मन्त्री पाण्डेले लुम्बिनी विकास कोषको ऐन संशोधन गरिने समेत बताए । 


तीन दिनसम्म सञ्चालन हुने कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा थाईल्याण्ड, कम्बोडिया, चीन लगायतका ५० मुलुकका भिक्षुहरूका साथै बौद्व धर्मावलम्बीको उपस्थिति रहेको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार