- राम्रो तलब पाउने प्रलोभन देखाई बन्धक बनाएर नेटवर्किङ विजनेसको तालिम दिइरहेको बेला, उद्धार गरिएको आठ जनासहित पाँचसय जना बढी व्यक्तिहरुलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो ।
जनकपुर : वीरगञ्ज नाकासँग जोडिएको भारतको रक्सौलबाट मधेश प्रदेशका विभिन्न जिल्लाका आठ जना किशोरहरुको उद्धार गरी आफन्तलाई जिम्मा लगाइएको छ ।
राम्रो तलब पाउने प्रलोभन देखाई बन्धक बनाएर नेटवर्किङ विजनेसको तालिम दिइरहेको बेला, उद्धार गरिएको आठ जनासहित पाँचसय जना बढी व्यक्तिहरुलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरुलाई पक्राउ गरी छानविन गर्दा सबै बालक १८ वर्ष भन्दा कम उमेरको र प्रलोभनमा परेर आएको खुलासा भएको थियो । त्यसपछि उनीहरुलाई भारतस्थित एक सुधारगृहमा लगेर राखिएको थियो ।
जानकारी अनुसार भारतको दिल्लीस्थित किन इन्डिया संस्थाका नवीन जोशी र मधेश प्रदेशस्थित राष्ट्रिय बाल अधिकार परिषद्का प्रदेश समन्वय अधिकृत संजीव महतोको पहलमा बिहीबार ती किशोरहरुको उद्धार गरी परिवारजनको जिम्मा लगाइएको छ ।
उद्धार गरिएका किशोरहरु धनुषाको जनकपुरधाम वडा नं. २० रुपैठाका १४ वर्षीय अताबुल राइन, धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नं. २ का १६ वर्षीय मुस्तफा राइन, धनुषाकै धनुषाधाम नगरपालिका वडा नं.२ जुगेश्वरपुरका १७ वर्षीय लक्ष्मण कुमार मण्डल, धनुषाकै धनौजी गाउँपालिका वडा नं.०५ का १७ वर्षीय सलाउदिन राइन, धनुषाकै जनकपुरधाम उपमहानगरपालिका वडा नं.२० रुपैठाका १७ वर्षीय मो.दिलसाख शेख रहेका छन् ।
त्यस्तै महोत्तरीको पररिया थाना कांतिबजारका १६ वर्षीय अमरेश कुमार र महोत्तरीकै जलेश्वर नगरपालिका वडा नं.०७ का १४ वर्षीय रवि किसन महरा रहेका छन् ।
त्यस्तै, नरह गाउँपालिका वडा नं.१ का १६ वर्षीय प्रविण कुमार दासको पनि उद्धार गरिएको राष्ट्रिय बाल अधिकार परिषद्का प्रदेश समन्वय अधिकृत संजीव महतोले जानकारी दिए ।
उद्धार गरिएका किशोरहरुसहित ५६८ जनालाई रक्सौलस्थित दुईवटा नीजि अपार्टमेन्टमा राखेर नक्कली कम्पनी वीनमेकरको आडमा नेटवर्किङ विजनेसको तालिम दिइरहेको अवस्थामा फेला परेका थिए ।
उनीहरुलाई सो नक्कली कम्पनीका कर्मचारीहरुले अन्य चिनजानकाहरुलाई राम्रो पैसा कमाउने प्रलोभन दिएर रक्सौल बोलाउन लगाउने कार्य गराएको किन इन्डिया संस्थाका नवीन जोसीले जानकारी दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।