फेवाताल किनारका होटल व्यवसायीहरुले गरे खानेपानीको माग

९ बैसाख, २०८२, मगलवार
सारांश
  • संघका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकीय राजधानी पोखरा भ्रमण वर्ष २०२५ चल्दै गर्दा पानीको आपूर्ति सहज नहुँदा व्यवसायमा नै मार परेको अवगत गराए ।

 

पोखरा, ०९ वैशाख । सात तालको शहर पोखरा, त्यसमा पनि नेपालकै सबैभन्दा ठुलो ठानिएको फेवातालको किनारमा होटल व्यवसाय गरिरहेका पोखराका व्यवसायीहरुले नेपाल खानेपानी संस्थानसँग खानेपानीको माग गरेका छन् ।

  
होटल संघ पोखरा नेपालका ध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा गएको होटल व्यवसायीहरुको एक टोलीले सोमवार कार्यालय प्रमुख सहायक प्रबन्धक इञ्जिनियर आशिष कार्कीलाई भेटेर एक ज्ञापन पत्र बुझाउदै खानेपानी माग गरेका हुन् ।  


संघका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकीय राजधानी पोखरा भ्रमण वर्ष २०२५ चल्दै गर्दा पानीको आपूर्ति सहज नहुँदा व्यवसायमा नै मार परेको अवगत गराए । पर्यटकको बढी चहलपहल हुने लेकसाइड र ड्यामसाइड जस्ता क्षेत्रमा खानेपानी प्राप्तीमा कठिनाई हुनु दुःखद भएको भन्दै उनले यसले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश जानसक्ने र सचेत हुनुपर्ने भनाई राखे ।


संस्थानलाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ, ‘पर्यटनको राजधानी पोखरामा रहेका होटल एवम् अन्य व्यवसायीहरुले सुख्खायामसँगै आवश्यकता अनुसार खानेपानीको उपयोग गर्न पाइरहेको अवस्था छैन । होटल तथा पर्यटन व्यवसायीहरुले दैनिक जसो बोरिङ्गको पानि खरिद गरी पाहुनाहरुलाई सेवा दिुन पर्ने वाध्यात्मक परिस्थिति रहेको हुँदा पर्यटनको राजधानी पोखरा र पर्यटकहरुको आवाशीय क्षेत्र लेकसाइड, ड्यामसाइडमा नियमित रुपमा खानेपानीको व्यवस्था मिलाई दिनु हुन हार्दिक अनुरोध गर्दछौं ।’  


संस्थान प्रमुख कार्कीले सन् २०१५ तिरको पुरानो योजना अनुसार अघि बढेको प्रोजेक्ट भएका कारण जापानी सहयोग नियोग (जाइका)ले ल्याएको पानीले पनि पोखरेलीको खानेपानी आवश्यकता पूरा गर्न नसकिएको स्वीकारे । चुहावट र चोरी पानीको अर्को समस्या भएको उनले सुनाए । उभोक्तालाई चाहेजति पानी दिन पाए आफूहरुको पनि आम्दानी बढ्ने उनले सुनाए । संघको तर्फबाट सहज पानी आपूर्तिका लागि सक्दो प्रयास अघि बढाउने प्रतिवद्धता दिए । 


पोखरेलीलाई प्रशोधित पानी पु¥याउने उद्देश्यका साथ २०७४ भदौमा सम्झौता गरिएको ‘पोखरा खानेपानी सुधार आयोजना’को काम सकेर जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । यो आयोजना बनाउन जापान सरकारको चार अर्ब ८१ करोड ३० लाख रुपैयाँमा लगानी भएको छ ।

 

आयोजना अन्तर्गत दैनिक चार लाख १० हजार लिटर पानीलाई शुद्धीकरण गरेर घर घरमा पठाउने योजना भए पनि पोखरामा दैनिक आठ करोड लिटर भन्दा बढी पानीको माग छ । पोखराको मुख्य पानीको श्रोत मर्दिखोला हो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार