- हनुमानको जन्मजयन्तीको अवसरमा वीरगञ्ज निस्केको शोभा यात्रा छपकैया पुग्दा झडप भएको हो । छपकैया क्षेत्रमा रहेका केही पसल र मोटरसाइकलमा आगजनी भएको स्थानीयले जानकारी दिएका छन् ।
रौतहट :पर्साको वीरगञ्जस्थित छपकैया क्षेत्रमा दुई पक्षबिच झडप हुँदा अवस्था तनावग्रस्त बनेको छ ।
हनुमानको जन्मजयन्तीको अवसरमा वीरगञ्ज निस्केको शोभा यात्रा छपकैया पुग्दा झडप भएको हो । छपकैया क्षेत्रमा रहेका केही पसल र मोटरसाइकलमा आगजनी भएको स्थानीयले जानकारी दिएका छन् ।
झडपको क्रममा जाइका बिरयानी र अन्य केही पसल र मोटरसाइकलमा आगजनी भएको स्थानीय कृषनन्दन साहले जानकारी दिए । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको छ ।
हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने हनुमान जयन्तीका अवसरमा वीरगञ्जका विभिन्न मन्दिरहरूमा विशेष पूजाआराधना, हनुमान चालिसा पाठ, तथा धार्मिक शोभायात्राको आयोजना हुँदै आएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’