चट्याङले लागेर २ जनाको मृत्यु

२०८१ चैत २८ बिहिबार
सारांश
  • कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार चैत्र २७ गते बिहान ७ बजे पाचँथरको मिक्लाजुङ गाउँपालिका ३ घर भई हाल झापाको गौरादह नगरपालिका ५ बालुबथान बस्दै आएकी ५४ बर्षीया दुध कुमार लावतीलाई भान्सा कोठा छेउमा झरेको चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

विराटनगर : झापा र मोरङ जिल्लाको २ स्थानहरुमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ ।


कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार चैत्र २७ गते बिहान ७ बजे पाचँथरको मिक्लाजुङ गाउँपालिका ३ घर भई हाल झापाको गौरादह नगरपालिका ५ बालुबथान बस्दै आएकी ५४ बर्षीया दुध कुमार लावतीलाई भान्सा कोठा छेउमा झरेको चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । 


यसका साथै चैत्र २७ गते दिउँसो साढे १२ बजे बर्षा संगै परेको चट्याङले लाग्दा साईकल कुदाईरहेका  सुनसरीको इटहरी घर भई हाल मोरङको कानेपोखरी गाउँपालिका.१ होक्लाबारी स्थित मामाघरमा आएका १२ बर्षीय बालक आबिस्कार बराल घाईते भएका थिए ।


घाईतेको बिराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो पौने २ बजे मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार