- स्थानीय कमल जयसवालले सञ्चालन गरेको होटलमा आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको ईलाका प्रहरी कार्यलय गरुडाले जनाएको छ ।
रौतहट : रौतहटको गरुडा नगरपालिकाको चोकमा रहेको तरकारी बजारमा शुक्रवार विहान आगलागी भएको छ । आगलागीबाट करीव तिन वटा भन्दा बढी फुसको घर जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।
स्थानीय कमल जयसवालले सञ्चालन गरेको होटलमा आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको ईलाका प्रहरी कार्यलय गरुडाले जनाएको छ । प्रहरीका अनुसार आगलागीले घरमा राखिएको दुईवटा ग्यास सिलिण्डर विष्फोट भएको छ ।
ग्यास सिलिण्डर विस्फोट भएपछि आगो नियन्त्रणमा बाहिर गएपनि कुनै प्रकारको मानवीय क्षती नभएको जिल्ला प्रहरी कार्यलय रौतहटका प्रवक्ता एवं डिएसपी दिपक कुमार राय बताए ।
उनका अनुसार आगलागीको घटनाका बारेमा जानकारी पाउनका साथ ईलाका प्रहरी कार्यालय गरुडाको टोलि घटनास्थल पुगेको थियो । सुरक्षाकर्मी , स्थानियबासी र गौरबाट आएको वरुण यन्त्र (दमकल) सहयोगमा आगो नियन्त्रणमा आएको उनले जानकारी दिए ।
आगो करीव दुई घण्टापछी नियन्त्रणमा आएको उनले बताए । कति वटा फुसको घर जलेर नष्ट भएको वारे आधिकारीक जानकारी प्राप्त नभएपनि तीनवटा भन्दा बढी नै जलेको डिएसपी रायले बताए । आगलागीवारे भएका क्षतिका विवरण संकलन भइरहेकोे जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।