मुगुका शिक्षक ब्रेल लिपि बाह्रखरी अक्षर सिक्दै

२०८१ चैत्र १३ बुधवार
सारांश
  • २०६५ सालबाट सन्चालन हुँदै आएको यो बिद्यालयमा ५ छात्रा र ६ छात्र गरी जम्मा ११ जना दृष्टिविहीन विद्यार्थी छन् ।

मुगु: मुगुको एक मात्र दृष्टिविहीन बालबालिकाहरुको  अध्यन गर्दै आएको छाँयानाथ रारा नगरपालिका वडा नं.१ चैन गाँउमा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालय बालमन्दिरका शिक्षकहरु हिजो आज ब्रेल लिपि बाह्रखरी अक्षरहरु सिक्दै छन् ।


२०६५ सालबाट सन्चालन हुँदै आएको यो बिद्यालयमा ५ छात्रा र ६ छात्र गरी जम्मा ११ जना दृष्टिविहीन विद्यार्थी छन् ।


दृष्टिविहीन विद्यार्थीहरुलाइ ब्रेल लिपि शिक्षा दिने शिक्षक नहुँदा विद्यार्थीहरुको दैनिक पढार्ईमा निकै समस्या आएको थियो ।


जिल्लामा शिक्षा,स्वास्थ्य,आर्यआर्जन ,पर्यटन क्षेत्रमा काम गर्दै आएको गैरसरकारी सस्था छाँया नेपाल नामक सस्थाले यस श्री नेपाल आधारभूत बालमन्दिरका ६ जना शिक्षकहरुलाई ब्रेल लिपिबाट दिईने शिक्षाको लागि ब्रेल लिपि बाह्रखरी अक्षरबाट शिक्षकहरुलाई  ५ दिने तालिम दिएको छ ।


विगतमा यस विद्यालयमा दृष्टिविहीन बालबालिकहरुलाई शिक्षा दिनका लागि एक जना शिक्षक भए पनि राज्यको नीति अनुसार उक्त शिक्षक स्थाई नभए पछि यस विद्यालमा ब्रेल लिपिबाट शिक्षा दिने शिक्षकहरुको कमि रहेको थियो ।


दृष्टिविहीन विद्यार्थिहरुको पढाईमा सहज गर्नको लागि विद्यालयबाट संस्थालाई धेरै पटक अनुरोध गरेपछि  ५ दिन भए पनि विद्यालयमा कार्यरत शिक्षकहरुलाई ब्रेल लिपिबाट शिक्षा सिकेर विद्यार्थीहरुलाई सिकाउनको लागि अंक,अक्षर,अंग्रेजि शिक्षासंगै खेलशिक्षा सहितको शिक्षा दिनको लागि तालिम आयोजना गरिएको छाँया नेपालका कर्णाली प्रदेशका कार्यकारी निर्देशक मिन बहादुर रावलले बताए । अहिले दृष्टिविहीन विद्यार्थीहरुको लागि कक्षा ५ सम्म कक्षा सन्चालन हुँदै आएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार