भारतीय दूतावासको तर्फबाट सेतो मछिन्द्रनाथ पुननिर्माणका लागि २४ किलो चाँदी हस्तान्तरण
२०८१ चैत्र ६ बुधवार
- बुधबार असनस्थित बन्दै गरेको सेतो मछिन्द्रनाथ मन्दिर पसिरमा आयोजित एक कार्यक्रमका बीच उक्त चाँदी हस्तान्तरण गरिएको हो ।
काठमाडौं : सेतो मछिन्द्रनाथ मन्दिर पुननिर्माणका लागि नेपाललाई भारतीय राजदूतले २४ किलो चाँदी हस्तान्तरण गरेको छ ।
बुधबार असनस्थित बन्दै गरेको सेतो मछिन्द्रनाथ मन्दिर पसिरमा आयोजित एक कार्यक्रमका बीच उक्त चाँदी हस्तान्तरण गरिएको हो ।
भारतीय दूतावासका प्रथम सचिव अविनाश कुमार सिंहले २४ किलो चाँदी सेतो मछिन्द्रनाथ मन्दिर पुननिर्माणका लागि हस्तान्तरण गर्न पाउँदा निकै खुसी लागेको बताए । साथै तोकिएको समयमा नै पुननिर्माणको काम सम्पन्न गर्न पनि आग्रह गरे ।
उनले भने, ‘२४ किलो चाँदी सेतो मछिन्द्रनाथ मन्दिर पुननिर्माणका लागि हस्तान्तरण गर्न पाउँदा निकै खुसी लागेको छ । यसको पुननिर्माणको काम सकिने भनेर मिति तोकिएको छ । आशा छ भनिएको समयमा नै सकियोस् भन्ने चाहन्छु । यो अवर दिनुभएकोमा धन्यवाद व्यक्त गर्छु ।’
करिब छ करोड बराबरको रकममा निर्माण व्यवसायीसँग सम्झौता गरेर २०७७ सालदेखि यसको पुननिर्माणको काम भइरहेको थियो । अहिलेसम्म ७५–८० प्रतिशत काम सम्मपन्न भएको जनाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।