मधेश प्रदेशमा सय प्रहरी युनिटको भवन छैन : प्रहरी महानिरीक्षक कुँवर

२०८१ फागुन २६ सोमबार
सारांश
  • जिल्ला प्रहरी कार्यालय रौतहटको नव–निर्मित भवनको सोमवार प्रहरी महानिरीक्षक कुँवरले उद्घाटन गर्दै सो कुरा बताएका हुन ।

रौतहट : प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सुबिधायुक्त भवनले  प्रहरी कर्मचारीको मनोवल उच्च हुनुका साथै गुणस्तरीय सेवा प्रदानले सेवाग्राहिलाइ सहज हुने बताएका छन । 


जिल्ला प्रहरी कार्यालय रौतहटको नव–निर्मित भवनको सोमवार  प्रहरी महानिरीक्षक  कुँवरले उद्घाटन गर्दै सो कुरा बताएका हुन । विभिन्न महानुभावहरूले भवन निर्माण कार्यमा सहयोग पु¥याएको भन्दै उनले प्रशंसा समेत गरे । 


प्रहरी महानिरीक्षक कुँवरका अनुसार देशभर २६६० प्रहरी इकाई कार्यलय रहेकोमा १८६९ को कार्यलय भवन, ३७० घर भाडामा र ४२१ अन्य निकायको कार्यलयबाट प्रहरीले सेवा दिदै आएको  उल्लेख गरेका छन । मधेश प्रदेशमा ३९५ प्रहरी इकाई कार्यलय मध्ये २९५ युनिटको आफ्नो भवन र एक सय प्रहरी युनिटको भवन नभएको जानकारी दिए । 


रौतहटमा ४६ स्वीकृत प्रहरी युनिटमा ४२ कार्यलय रहेकोमा ३० को जग्गा समेत नभएको उनको भनाइ छ । प्रहरी संगठनलाई आवास र भौतिक पुवधारमा अत्मनिर्भर बनाइ प्रहरीको क्षमता अभिवृद्धिमा प्रहरी प्रधान कार्यलयले ध्यान दिएको प्रहरी महानिरीक्षक कुँवरले बताए । नवनिर्मित संरचना नेपाल प्रहरीको मात्र नभई स्थानीय नागरिकको समेत साझा सम्पत्ति भएको हुँदा यसको उचित संरक्षण, सम्बद्र्धन र विकासमा सबैको सदैव साथ रहने विश्वास लिएको उनले बताए । 


उनले समाजमा शान्ति र सुरक्षाको सु–ब्यावस्था कायम गर्न र आपराधिक गैरकानूनी र अनैतिक कार्य गर्ने व्यक्ति वा समूहहरूलाई निरुत्साहित गर्न कटिवद्ध रहन उपस्थित प्रहरी कर्मचारीहरूलाई  निर्देशन समेत दिए। उनले  जिल्ला प्रहरी कार्यालय भवन, ब्यारेक, हिरासत ÷सैलुन, चमेना गृह तथा स्वागत कक्षको समुदघाट्न गर्नुका साथै  कार्यालयको परिसरमा बृक्षारोपण समेत गरेका छन ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ

भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।

थप समाचार