के राजाको आह्वानले एमाले सांसद रघुजी पन्त त्रसित भएका हुन् ?
१३ फाल्गुन, २०८१, मगलवार
- नेकपा एमालेका सांसद रघुजी पन्तले राजनीतिक रुपमा आह्वान गरेर साथ दिनुपर्यो भन्ने कुरा पूर्वराजा जस्तो मान्छेलाई नसुहाउने बताएका छन् ।
काठमाडौं, १३ फागुन । नेकपा एमालेका सांसद रघुजी पन्तले राजनीतिक रुपमा आह्वान गरेर साथ दिनुपर्यो भन्ने कुरा पूर्वराजा जस्तो मान्छेलाई नसुहाउने बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकपश्चात उनले पत्रकारले सोधेको प्रश्नको जवाफ दिदैँ नेपालमा राजालाई सम्मानपूर्वक संसदबाट गणतन्त्र घोषणा गरेर संविधान बनाएर बिदा गरेको भन्दै अहिले आएर राजनीतिक रुपमा आह्वान गरेर साथ दिनुपर्यो भनेर भन्नु पूर्व राजालाई नसुहाउने बताए ।
उनले भने, ‘अरु देशमा राजाहरु काटिएका र फालिएका इतिहास छन् । तर हामीले शान्तिपूर्ण तरिकाले, त्यती धेरै दमन गरेपनि राजालाई सम्मानपूर्वक संसदबाट गणतन्त्र घोषणा गरेर संविधान बनाएर बिदा गरेका हौं । यसको साथै उहाँलाई पूर्व राष्ट्राध्यक्षको सम्मान पनि दिएको छ । त्यो खालको सुरक्षा पनि छ, यो सम्मानलाई त हिजोको राजाले बोक्न सक्नु पर्यो नि त्यो सम्मान बोक्न नसकेर राजनीतिक रुपमा आह्वान गरेर साथ दिनुपर्यो भन्ने कुरा प्रचण्ड जीलाई सुहाउछ, राजेन्द्र लिङदेनजीलाई सुहाउछ अरु राजनीतिक दलहरुलाई सुहाउछ पूर्व राजालाई त्यो सुहाउदैँन् ।’
यसको साथै, उनले जनतामा भएको असन्तुष्टिलाई सम्बोधन गर्नुपर्ने भन्दै चाहेको जस्तो विकास नभएपनि विकासका काम भने भएको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युक्रेन वर्तमान युद्धमोर्चामै युद्धविराम गर्न तयार छ- जेलेन्स्की
-
नेपाली कांग्रेसको आधिकारिक सभापति हुँ : देउवा
-
१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौं उपत्यकाको विद्युत आपूर्ति थप भरपर्दो हुने
-
साढे ७ करोड कमिसन बाँडिएको आरोपमा विशेष अदालतको फैसला ‘मौन
-
देउवा समूहको प्रभावमा परेर पार्टीविरुद्ध गतिविधि गर्नेलाई कारबाही हुन्छ- गगन थापा
धेरै पढिएको
विशेष
नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ
भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।