- सोमबार मन्त्रालयमा पत्रका सम्मेलनगरी मन्त्रालय र मन्त्रालय मातहत निकायबाट पछिल्लो साय भएको कार्य सम्पादन सार्वजनिक गर्दै प्रवक्ता रामचन्द्र तिवारीले कानुनी र नीतिगत रुपमा हामीले बलियो संरचनाहरु तयार नभइ गुणस्तर काम नहुने कारण नीतिगत र कानुनी सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए ।
काठमाडौं : गृह मन्त्रालयले नीतिगत र कानुनी सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ ।
सोमबार मन्त्रालयमा पत्रका सम्मेलनगरी मन्त्रालय र मन्त्रालय मातहत निकायबाट पछिल्लो साय भएको कार्य सम्पादन सार्वजनिक गर्दै प्रवक्ता रामचन्द्र तिवारीले कानुनी र नीतिगत रुपमा हामीले बलियो संरचनाहरु तयार नभइ गुणस्तर काम नहुने कारण नीतिगत र कानुनी सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए ।
उनले भने,‘अहिले गृह मन्त्रालयले खास गरेर वर्तमान सरकार र माननीय मन्त्री ज्युले निर्देशन गरेअनुसार गृह मन्त्रालयले अहिले सबैभन्दा पहिले नीतिगत र कानुनी सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । जबसम्म कानुनी र नीतिगत रुपमा बलियो संरचनाहरु तयार गर्दैनौं, तबसम्म काममा गुणस्तर हुँदैन् । त्यो कामले नतिजा राम्रो दिदैन भन्ने आधारमा काम गरिरहेका छौं ।’
त्यस्तै उनले चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा देशभर ११ हजार ३३८ सवारी दुर्घटना भएको पनि जानकारी गराए । उनका अनुसार साउनदेखि पुससम्म भएका सवारी दुर्घटनामा परी एक हजार २३३ जनाले ज्यान गुमाएका छन् ।
गृहमन्त्रालयका अनुसार गत वर्षको छ महिनाको तुलनामा यस वर्षको ६ महिनामा सडक दुर्घटना संख्या घटेको भएपनि मृत्यु संख्या भने बढेको छ । गत वर्ष साउनदेखि पुससम्म १२ हजार ८५६ वटा सवारी दुर्घटना भएको थियो । जसमा १२ सय ३३ जनाले ज्यान गुमाएका थिए ।
यस वर्ष साउनमा १६२८ वटा सवारी दुर्घटना भएका छन ्। जसमा १५२ जनाको मृत्यु भएको छ। भदौमा १६ सय १९ सवारी दुर्घटना भएकोमा १७४ जनाले ज्यान गुमाएका छन् । यसैगरी असोजमा १८सय ७३ सवारी दुर्घटना भएका छन् । त्यसमा २०० सय जनाले ज्यान गुमाएका छन् ।
कात्र्तिकमा १९ सय २८,मंसिरमा २ हजार १४ र पुसमा २२ सय ७६ वटा सवारी दुर्घटना भएका छन्। सवारी दुर्घटनामा परी कात्र्तिकमा २५८ जना,मंसिरमा २५२ जना र पुसमा १९७ जनाको मृत्यु भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।