हिमालयन एअरलाइन्सद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान गर्ने घोषणा
२०८१ फागुन १ गते बिहिबार
- एअरलाइन्सले आफ्नो फेसबुक पेजमार्फत् नेपालको पर्यटन राजधानीलाई विश्वको छाना ल्हासासँग जोड्न लागिएको जनाएको छ । उसले भनेको छ, ‘यसै मार्चदेखि साप्ताहिक उडान शुरु हुँदैछ ।
पोखरा : हिमालयन एअरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान गर्ने घोषणा गरेको छ ।
एअरलाइन्सले आफ्नो फेसबुक पेजमार्फत् नेपालको पर्यटन राजधानीलाई विश्वको छाना ल्हासासँग जोड्न लागिएको जनाएको छ । उसले भनेको छ, ‘यसै मार्चदेखि साप्ताहिक उडान शुरु हुँदैछ । हिमालय एयरलाइन्ससँग उड्न तयार हुनुहोस् । अपडेटका लागि प्रतीक्षा गर्नुहोस् ।’
पोखराका मेयर धनराज आचार्यले पोखराबाट ल्हासाका लागि पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन हुनु अन्तर्राष्ट्रिय उडानको क्षेत्रमा ऐतिहासिक उपलब्धि रहेको बताएका छन् ।
उनले भनेका छन्, ‘चिनियाँ सरकारले आफ्ना नागरिकहरूका लागि घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२५ र हामीले मनाउँदै गरेको पोखरा भ्रमण वर्ष २०२५ को सफलताका लागि यो महत्त्वपूर्ण कदम हो । यस अवसरलाई पर्यटन प्रवद्र्धनका लागि सदुपयोग गर्न पर्यटन व्यवसायीहरू, सरोकारवालाहरू तथा सम्पूर्ण पोखरेली जनसमुदायलाई आग्रह गर्दछु ।’
अब उत्तरी छिमेकमा औपचारिक उडान शुरु भएको छ र दक्षिणतर्फ आवश्यक पहल गर्न उनले आग्रह गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’