केबलकार निर्माणले पाथीभराको धार्मिक आस्थामा असर गर्दैन् : चन्द्र ढकाल

२०८१ माघ २६ गते शनिवार
सारांश
  • शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पाथीभरा केबलकारको बारेमा एकदमै गलत प्रचार भएको भन्दै यसले पाथीभराको धार्मिक आस्थामा कुनै प्रभाव नपार्ने बताए ।

काठमाडौं :  उद्योग वाणिज्य महासंघ र पाथीभरा देवी दर्शन केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले केबलकारले गर्दा पाथीभराको धार्मिक आस्थामा कुनैपनि प्रभाव नपारेको बताएका छन् । 


शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पाथीभरा केबलकारको बारेमा एकदमै गलत प्रचार भएको भन्दै यसले पाथीभराको धार्मिक आस्थामा कुनै प्रभाव नपार्ने बताए । 


उनले भने, ‘मिडियाहरुमा माथि फाइभ स्टार होटलहरु छ रे, डेटिङ्हरु बस्ने गरेका छन् रे भन्ने खालको एकदमै गलत प्रचार भएको छ । यसको साथै त्यहाँको भेटी पाथीभरा केबलकारले उठाउने गरेको छ भन्ने कुरा पनि छ । तर भेटीसँग केबलकारको कुनै सरोकार, नाता नै छैन् । यो केबलकारले कुनै पनि खालको धार्मिक आस्था खलबलाउने खालको काम गरेको छैन् । यो गलत हो ।’


यसको साथै, उनले कुनैपनि ठाँउमा नयाँ कामको सुरुवात गर्न खोज्दा विभिन्न खालको विचारहरु आउनु स्वभाविक भएको भन्दै यसलाई अन्यथा नलिएको बताए । 


उनले भने, ‘केबलकारले नेपाली पर्यटन प्रवद्र्धनमा धेरै सहयोग गर्ने भएको हुनाले नेपालमा सातवटा प्रदेशमा सातवटा पर्यटन पूर्वाधार बनाऔं भनेर यसको सुरुवात गरेका हौं । हिडेर जान समस्या हुने खालको व्यक्तिहरुलाई सहज हिसाबले जान सकोस भनेर सुरु गरेका हौं । कुनैपनि ठाँउमा नयाँ कामको सुरुवात गर्न खोज्दा विभिन्न खालको विचारहरु आउनु स्वभाविक पनि हो । त्यसलाई अन्यथा लिनु हुदैँन् ।’


केबलकारले पर्यटन प्रवद्र्धनमा पनि सहयोग गर्ने हुनाले भने पाथीभरामा पनि त्यसको निर्माण गरेको उनको भनाई छ । 


उनले भने, ‘हामीले नेपालका सम्मानित क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पहिलो प्रोजेक्टको रुपमा चन्द्रागिरि केबलकार बनाएका थियौं । केबलकार बनाएपछि त्यहाँको अवस्थामा धेरै सुधार भएको पनि छ । त्यसैगरी सबैको आशाको धरोहर पाथीभरामा सजिलै पहुँच पु¥याउने विषय विचार गरेर नेपालमा पर्यटन पूर्वाधार बनाउने उद्देश्यका साथ केबरकार बनाएको हो ।’

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार