‘जनप्रतिनिधिले जनतालाई अनावश्यक दुःख दिने काम अन्त्य हुनुपर्छ’
२०८१ माघ २५ शुक्रबार
- शुक्रबार काठमाडौं महानगरपालिका वडा नं २९ को प्रशासनिक भवन उद्घाटन समारोहमा उनले जनप्रतिनिधिले जनताको गुनासो सुनेर त्यसलाई कसरी सम्बोधन गर्ने भन्नेतिर नै जोड दिएर लाग्नुपर्ने बताए ।
कामठाडौं : उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनप्रतिनिधिबाट अनावश्यक रुपमा जनतालाई दुःख दिने कामको अन्त्य हुनुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौं महानगरपालिका वडा नं २९ को प्रशासनिक भवन उद्घाटन समारोहमा उनले जनप्रतिनिधिले जनताको गुनासो सुनेर त्यसलाई कसरी सम्बोधन गर्ने भन्नेतिर नै जोड दिएर लाग्नुपर्ने बताए ।
उनले भने,‘सबैभन्दा बढी जनताले के खोजिरहेका छन् । जनताले समस्या राखिसकेपछि त हुनसक्ने काम त गर्दिनपर्छ नि । भोलि, आउनुहोस, पर्सि आउनुहोस भन्ने गरिन्छ । स्पष्ट भनिदिनुपर्छ, अनावश्यक दुःख दिन पाइँदैन् । यसको अन्त्य हुनुपर्छ । जनप्रतिनिधिले जनताको गुनासो सम्बोधन गर्ने भन्नेतिर नै लाग्नुपर्छ भन्ने कुरामा जोडदिन्छु ।’
त्यस्तै उनले सरकारप्रति प्रश्न धेरै उठ्ने गरेको भन्दै स्थायी सरकार बनाउने उद्देश्यले बर्तमान सरकार निर्माण भएको बताए ।
उनले भने,‘सबैले सरकारबारे प्रश्न गरेका छन् । कांग्रेस र एमालेले अरु पार्टीलाई पनि मिलाएर अहिले जुन सरकार बनेको छ त्यो जनताको चाहना हो । शान्ति प्रकृयामा पनि कांग्रेसले नै नेतृत्व गरेको हो नि ।
मन्त्री सिंहले वडाको भवन आफ्नै वडामा बन्नुपर्छ भन्दा विवाद गर्नुपर्ने अवस्था आएको स्मरण गर्दै नेपालमा नराम्रो काम गर्नभन्दा राम्रो काम गर्नको लागि धेरै अप्ठ्यारो रहेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।