कमलराज राई स्मृति पत्रकारिता पुरस्कार स्थापना, सम्झौतामा हस्ताक्षर

२०८१ माघ १९ गते शनिबार
सारांश
  • यस पुरस्कार स्थापना एवं व्यवस्थानका लागि नेपाल पत्रकार महासंघ काठमाडौं शाखा र पुरस्कार कोष निर्माणार्थ गठित अक्षयकोष निर्माण समितिबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौं : नेपालको पत्रकारिता क्षेत्रमा करिब दुई दशक योगदान गरेका स्वर्गीय कमलराज राईको स्मरणमा नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाले ‘कमलराज राई स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरिएको छ ।


यस पुरस्कार स्थापना एवं व्यवस्थानका लागि नेपाल पत्रकार महासंघ काठमाडौं शाखा र पुरस्कार कोष निर्माणार्थ गठित अक्षयकोष निर्माण समितिबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  


सम्झौतापत्रमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाकी अध्यक्ष शोभा अर्याल र अक्षयकोष निर्माण समितिको तर्फबाट समितिकी संयोजक एवं स्व. पत्रकार कमराज राईकी धर्मपत्नी लालसरा राईले हस्ताक्षर गरेका हुन् । 


यस पुरस्कारका लागि समितिको तर्फबाट संयोजक राईले नेपाल पत्रकार महासंघ काठमाडौं शाखाकी अध्यक्ष अर्याललाई एक लाख रुपैयाँ हस्तान्तरण गरेकी छन् ।  
सम्झौतापत्रअनुसार ‘कमलराज राई स्मृति पत्रकारिता पुरस्कार’ कोषको व्यवस्थापन सञ्चालनको सम्पूर्ण कार्य नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले गर्नेछ । 


उक्त कोषको मूल पुँजी रकम खर्च नगर्ने र ब्याजबापत आउने ७५ प्रतिशत रकमबाट काठमाडौं शाखाको प्रत्येक तीन वर्षमा हुने अधिवेशनका अवसरमा एक जना क्रियाशील पत्रकारलाई पुरस्कार प्रदान गरिनेछ । 


पुरस्कारका लागि पत्रकार छनोट गर्ने कार्य महासंघ काठमाडौं शाखाले आफ्नो कार्यविधिबमोजिम स्वतन्त्ररुपमा गर्नेछ । कोषमा भएको मूल पूँजीबाट आउने व्याजमध्ये ७५ प्रतिशत पुरस्कारमा खर्च गरी र बाँकी २५ प्रतिशत सोही कोषमा जम्मा गर्दै जाने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार