१५ मिनेट संसद बैठक वहिष्कार गर्नुको कारणबारे बोले रास्वपा सांसद
२०८१ माघ १८ गते शुक्रबार
- शुक्रबार प्रतिनिधि सभाको बैठक बहिष्कार गरेपछि उनले समय मागको कुरा सम्बोधन नहुँदा १५ मिनेट बहिष्कार गरेको बताइन् ।
काठमाडौं :राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले केही कुरा राख्नको लागि समय माग गर्दा सभामुखले नदिएको भन्दै १५ मिनेटको लागि सदन बहिष्कार गरेको बताएकी छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठक बहिष्कार गरेपछि उनले समय मागको कुरा सम्बोधन नहुँदा १५ मिनेट बहिष्कार गरेको बताइन् ।
उनले भनिन्, ‘हाम्रा केही विशेष कुराहरु छन् । जुन हामी राख्न चाहन्छौ भनेर सभामुखसँग समय माग गरेका थियौं । उहाँले हामीलाई समय दिनु भएन । त्यसको विरोधस्वरुप १५ मिनेटको लागि सदन बहिष्कार गर्ने निर्णय गरेर सदनबाट निस्किएका थियौं । १५ मिनेट पूरा भयो हामी जान्छौं ।’
यस्तै, अर्का सांसद हरि ढकालले पनि केही विषय राख्न थोरै समय आग्रह गर्दा पनि प्राप्त नभएको भन्दै सांकेतिक विरोध मात्र गरेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’