भन्सार छलेर ल्याइएका सामान बरामद

२०८१ माघ १८ गते शुक्रबार
सारांश
  • जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपककुमार रायका अनुसार विभिन्न सवारी साधन रोकेर चेकजाँच गर्ने क्रममा अबैध रूपमा भारतबाट भन्सार छली गरेर ल्याएका सामान बरामद गरिएको हो ।

रौतहट : रौतहट प्रहरी भन्सार छलेर तस्करीको माध्यमबाट भित्रयाइएका सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको मातहतमा रहेका अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएका गस्ती टोलीले तस्करीको माध्यमबाट भित्रयाइएका सामान बरामद गरेको हो । 


जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपककुमार रायका अनुसार विभिन्न सवारी साधन रोकेर चेकजाँच गर्ने क्रममा अबैध रूपमा भारतबाट भन्सार छली गरेर ल्याएका सामान बरामद गरिएको हो ।


प्रहरी टोलिले किराना र कपडा लगायतका सामन बरामद गरेको उनले जानकारी दिए । गौर नगर पालिका वडा न  ४ बसपार्क एरियाबाट सामन बरामद भएपनि मानिस पक्राउ नपरेको उनले बताए । 


बरामद गरेको सामानको करिव एक लाख १२ हजार रुपैंयाँ मूल्याकंन गरिएको रौतहट प्रहरीले जानकारी दिएको छ । उक्त सामानहरु आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार