नेपालमा सम्भावनाहरु छैन भन्ने भाष्य सिर्जना भैइरहेको छ: दिपक कुमार गौतम

२०८१ माघ १४ गते सोमवार
सारांश
  • सोमबार विश्व युवा महोत्सव २०२५ नेपालको घोषणा गर्दै उनले दिनहुँ नेपाली युवाहरु विदेश पलायन हुँदा नेपालमा सम्भावनाहरु छैन भन्ने भाष्य सिर्जना भैइरहेको बताए ।

काठमाडौं: जिल्ला समन्वय समिति काभ्रेपलान्चोकका प्रमुख दिपक कुमार गौतमले नेपाली युवाहरु धेरै मात्रामा विदेशी रहेको बताएका छन् ।  


सोमबार विश्व युवा महोत्सव २०२५ नेपालको घोषणा गर्दै उनले दिनहुँ नेपाली युवाहरु विदेश पलायन हुँदा नेपालमा सम्भावनाहरु छैन भन्ने भाष्य सिर्जना भैइरहेको बताए । 


उनले भने, ‘अहिलेसम्म बढी नागरिकहरुले देश छोडेको अवस्था छ । मंसिर महिनामा सबैभन्दा बढी युवा विदेशीएका छन् । ८४ हजार युवाहरुले देश छोडेका छन् । आज नेपालबाट थुप्रै युवाहरु विदेश गैइरहनु भएको छ । जानु आफ्नो  बाध्यता हुन सक्छ, कसैले  आफ्नो राम्रो भविष्य बनाउनका निम्ती गैइरहनु भएको  होला । कसैलाई आफ्नो  रोटी  रोजिको  समस्या होला, नेपालमा रोजगारि पाइएन होला त्यसैले  विदेश गैइरहनु भएको  छ  होला भन्ने कुराले  चिन्तित गराइ रहेको  छ  भने  अर्को तर्फ हेर्ने हो  भने नेपाल भनेको  केही पनि सम्भावना नभएको  देश हो  भन्ने ढंगले भाष्य सिर्जना गरिँदैछ ।’


साथै उनले नेपालीहरु पलायन नभैइ विस्तार भएको बताए । उनले नेपालमै  सम्भावना देख्ने र सम्भावनाका ढोकाहरु खोल्ने हो भने विस्तार भएका नेपालीहरु फेरी नेपालमा आउने पनि बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार