जसपा नेपालद्वारा केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान
२०८१ माघ ८ गते मंगलवार
- यही माघ १९ र २० गते पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो ।
काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।
यही माघ १९ र २० गते पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो ।
बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीले सञ्चालन गरेको सङ्गठन निर्माण अभियानलगायतका एजेण्डामा छलफल हुने पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
पार्टीका पदाधिकारी तथा सदस्यहरुलाई आ–आफ्नो जिम्मेवारी र कार्यक्षेत्रअन्तर्गत भए गरेका कार्य प्रगति विवरणको लिखित प्रतिवेदनसहित बैठकमा अनिवार्य उपस्थित हुन भनिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’