- घुम्ती पुस्तकालयमा सचित्र वर्णनात्मक सामग्री, खेल सामग्री र मनोरञ्जनात्मक अभ्यास गराउने गरिएको छ ।
महोत्तरी, ६ माघ : महोत्तरीमा पछिल्लो समय घुम्ती पुस्तकालय (बुकबस)बारे जनचासो बढ्दै गएको छ । भङ्गाहा नगरपालिका–४ राष्ट्रिय आधारभूत विद्यालय, दलित र जनजाति बसोबासका टोलकेन्द्रित घुम्ती पुस्तकालयका कारण पठन रुचि बढाएको अभिभावकले बताएका छन् । अमेरिकी राजदूतावास र कारखाना समूहको पहलकदमीमा युवा सञ्जाल महोत्तरीले घुम्ती पुस्तकालय गतिविधि संयोजन गरेको हो ।
“विद्यालयबाट घर आएपछि खेल्न बढी ध्यान दिने बालबालिका घुम्ती पुस्तकालयबारे चासो दिन थालेका छन्”, स्थानीय ३२ वर्षीय रामईश्वर ठाकुर भन्नुहुन्छ, “घुम्ती पुस्तकालयले पढ्ने बानीको विकास भएको छ ।”
घुम्ती पुस्तकालयमा सचित्र वर्णनात्मक सामग्री, खेल सामग्री र मनोरञ्जनात्मक अभ्यास गराउने गरिएको छ । “पुस्तकसँगको सम्बन्ध बढाउन र पठन अभिरुचि जगाउन खेल्दै, सिक्दै गर्ने विधि प्रभावकारी हुँदोरहेछ”, स्थानीय अशोककुमार महतोले भन्नुभयो । घुम्ती पुस्तकालय विद्यालय र बस्तीका चोकचोकमा पुर्याउँदा बालबालिकाको ध्यान यसतर्फ जान थालेको छ ।
बालबालिका घुम्ती पुस्तकालयतर्फ आकर्षित भएपछि आफुहरुलाई उत्साहित बनाएको युवा सञ्जालका अध्यक्ष रवीन्द्रकुमार महतोले बताउनुभयो । जिल्लामा पहिलो चरणको दुईदिने अभ्यासमा तीन सयभन्दा बढी बालबालिका सहभागी भएका उहाँको भनाइ छ । “घुम्ती पुस्तकालयको उद्देश्य ससाना बालबालिकामा पढाइप्रति रुचि जगाउनु र खेलकुदको माध्यमले सिकाइ अवधारणा स्थापित गर्नु हो”, उहाँ भन्नुहुन्छ ।
सामुदायिक विद्यालय तथा शिक्षाको पहुँचबाहिरका वर्ग, समुदायलाई लक्षित गरे यो कार्यक्रम बागमती, सुदूरपश्चिम र मधेस प्रदेशमा सञ्चालन भइरहेको युवा सञ्जालले जनाएको छ । सञ्जालले घुम्ती पुस्तकालयको अभ्यास र गतिविधि भङ्गाहा नगरक्षेत्रका सबैजसो विद्यालय र विद्यालय नजिकका बस्तीमा गराउने जनाएको छ । भङ्गाहापछि मनराशिशवा र मटिहानी नगरपालिकामा घुम्ती पुस्तकालय पुर्याइने अध्यक्ष महतोले जानकारी दिनुभयो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’