सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ : मन्त्री गुरुङ

२०८१ माघ १ गते मंगलवार
सारांश
  • मंगलबार टुँडिखेलमा मगर समुदायले आयोजना गरेको माघे संक्रान्तिमा बोल्दै उनले नेपाल सरकार, नेपाल राज्य र नेपालको संविधान सभाले महत्वपूर्ण निर्णयहरु गरेर नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको बताएका हुन्।

काठमाडौं :  संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालका जनजातिहरुको समस्या सबै अहिलेसम्म समाधान नभएको बताएका छन् ।


मंगलबार टुँडिखेलमा मगर समुदायले आयोजना गरेको माघे संक्रान्तिमा बोल्दै  उनले नेपाल सरकार, नेपाल राज्य र नेपालको संविधान सभाले महत्वपूर्ण निर्णयहरु गरेर नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको बताएका हुन्।


उनले भने, ‘सम्पूर्ण आदिवासी जनजाति समुदायले यो  बुझ्नुपर्छ की हाम्रो चाँही समस्या अझै पनि समाधान भएको छैन भनेर । तर नेपाल सरकार, नेपाल राज्य र नेपालको  संविधान  सभाले महत्वपूर्ण  निर्णयहरु गरेर नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ । नेपाल बहुधार्मिक मुलुक भएकाले हाम्रो  हरेक चाडमा सार्वजनिक बिदा दिएर यो राज्यले हरेक संस्कृतिका पर्वहरुलाई सम्मान गरेको छ ।’


यसैगरी उनले नेपालका आदिवासीहरुको अधिकार सम्पन्न गराउनका लागि  नेपालमा बोलिने सबै मातृभाषाहरुलाई समान अधिकार दिइएको बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार