‘प्रेस काउन्सिल विधेयकले वर्तमान समस्या समाधान गर्न सकेन्’
२०८१ पुस २९ गते सोमवार
- सोमबार सिंहदरबारमा बसेको प्रतिनिधसभा अन्र्तगतको कानुन समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सञ्चार तथा सूचनामन्त्रालयसँग छलफलमा भएको हो ।
काठमाडौं : कानुन समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल भएको छ ।
सोमबार सिंहदरबारमा बसेको प्रतिनिधसभा अन्र्तगतको कानुन समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सञ्चार तथा सूचनामन्त्रालयसँग छलफलमा भएको हो ।
छलफलमा बोल्दै सञ्चार मन्त्री पृथ्वी सुव्वा गुङ्गले मिडिया काउन्सिल विधेयक किन ल्याउनुप¥यो ? प्रेस काउन्सिल विधेयक छँदै छ त्यही अनुसार चलिरहेको नै छ भन्ने खालको प्रश्न आउने गरेको भन्दै प्रेस काउन्सिल विधेयकको संरचना र कानुनी प्रवन्धले आजको समस्या समाधान नहुने कारण ल्याउन परेको बताए ।
उनले भने, ‘मिडिया काउन्सिलविधेयक किन ल्याउनुप¥यो ?प्रेस काउन्सिल विधेयक छँदै छ त्यही अनुसार चलिरहेको नै छ । त्यसको भन्ने खालको कुरा आउँछ । तर त्यो प्रेस काउन्सिल विधेयकको संरचना जुन खालको छ, जे खालको कानुनी प्रवन्ध छ । त्यसले आजको यो क्षेत्रको समस्याको समाधान गरेन भनेर नयाँ संरचना ने चाहिन्छ भनेर प्रेस काउन्सिल विधेयक यो ३८ सालमा ने बनेको हो । यो बीचमा धेरै कुरा परिवर्तन भइसकेको छ । त्यस क्षेत्रको साथिहरुले पनि मिडिया काउन्सिल विधेयक ल्याउनु प¥यो भनेर आएको थियो ।’
यस्तै,कानुन मन्त्री अजय चौरासियाले मिडिया काउन्सिल विधेयकलाई पास गरेको जानको लागि सुझाव दिए ।
त्यस्तै, बैठकमा समिति सदस्य सोबिता गौतमले नेपालमा औषधीहरुको विज्ञापन गर्न नपाइने व्यवस्था हुँदा हुँदै पनि आयुर्वेदिक प्रोडक्टहरुको विज्ञापन बढेकोमा अपत्ति जनाइन् । सामाजिक सञ्जालमा विज्ञापन हेरेको भरमा जनताले स्वतरुपमा किनेर खाने या प्रयोग गर्ने हुँदा त्यसले झन समस्या थपिएको उनको भनाई छ ।
उनले भनिन्, ‘नेपालमा औषधीहरुको विज्ञापन गर्न पाईदैन् । तर त्यो भन्दै गर्दा आयुर्वेदिक प्रोडक्टहरुको चाँही एकदमै विज्ञापन हुने गरेको देखिन्छ । त्यसमा नियमन नहुने कारणले सामाजिक सञ्जालमा धेरै विज्ञापनले विश्वास दिलाइ मानिसले स्वतरुपमा किनेर खाने हुँदा समस्या देखिएको छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।