नयाँ पाइपलाइन बिच्छाएका ठाउँमा चाँडै मेलम्चीको पानी पुग्छ: मन्त्री यादव
२०८१ पुष २१ गते आईतवार
- यादवले काठमाडौँ उपत्यकामा खानेपानीका पाइप लाईनबाट पानी चुहावट हुने कार्य तत्काल नियन्त्रण गर्नका लागि मातहतका निकायहरुलाई निर्देशन दिएको बताए ।
काठमाडौं: खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा पछिल्लो समय खानेपानीका नयाँ पाइप लाइनहरु बिच्छाइएका ठाउँहरुमा चाँडै मेलम्चीको शुद्ध पानी बितरण गरिने बताएका छन् ।
आइतबार मन्त्रालयमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री यादवले काठमाडौंका अधिकांस ठाउँहरुमा खानेपानीका नयाँ पाइपलाइन बिच्छाउने कार्य करिब करिब अन्तिम चरणमा पुगेकाले चाँडै नै ति लाइनहरुबाट मेलम्चीको शुद्ध पानी बितरण गरिने बताएका हुन् ।
उनले भने, ‘नयाँ पाइपलाइन बिस्तारको कार्य करिब करिब सकिएर अहिले परीक्षणको काम हुँदैछ । केही दिन धैर्य गर्नुस् नयाँ पाइप लाइन बिस्तार भइरहेका ठाउँमा म आफैं अनुगमनका लागि खटिदै आएको छु । अब सबैको घरघरमा नयाँ पाइप लाईनबाट मेलम्चीको पानी पठाउने छाँै ।’
सोही क्रममा मन्त्री यादवले एक महिला भित्र काठमाडौँ उपत्यका भित्र जहाँ जहाँ नयाँ पाइप लाइन बिस्तार गरिएको छ । त्यो क्षेत्रमा मेलम्चीको पानी बितरण गरिने दाबी समेत गरे ।
यसैगरी मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानीका पाइप लाईनबाट पानी चुहावट हुने कार्य तत्काल नियन्त्रण गर्नका लागि मातहतका निकायहरुलाई निर्देशन दिएको बताए ।
सञ्चारकर्मीहरुसँगकै कुराकानीमा मन्त्री यादवले सडक मर्मत एवं निर्माण गर्ने क्रममा अधिकांश ठाउँमा खानेपानीका पाइपहरु भत्काइएका र फुटाइएका भएपनि सम्बन्धित निर्माण कम्पनी र कार्यालयले मर्मत नगरिदिँदा काठमाडौँ उपत्यकामा खानेपानी बितरण प्रक्रियामा निकै कठिनाइ उत्पन्न भएको गुनासो गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।