निर्वाचनको समयमा पार्टी जनताबाट अनुमोदित हुन सक्नुपर्छ: मन्त्री सिंह
२०८१ पुष ८ गते सोमवार
- जतिसुकै कार्यक्रम गरे पनि निर्वाचनको समयमा जनताबाट पार्टी अनुमोदित हुन नसके परिणाम शुन्य नै आउँछ । ’
काठमाडौं । उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले कांग्रेस पार्टी जनताबाट अनुमोदित हुन सक्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस १०० दिने विशेष अभियान अन्तर्गत काठमाडौं महानगर स्तरीय भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनको समयमा पार्टी जनता बाट अनुमोदित हुन नसके जतिसुकै कार्यक्रम गरे पनि परिणाम शुन्य नै आउने बताएका हुन् ।
उनले भने, ‘नेपाली कांग्रेस पार्टीको सबैभन्दा ठूलो चुनौति भनेको आफ्नै पार्टीलाई व्यवस्थापन गर्न नसक्नु हो । पार्टीलाई व्यवस्थित गर्न सक्ने की नसक्ने सवाल नै ठूलो छ । यो भन्दाखेरी मान्छेहरुलाई सत्य कुरा सुन्दा तितो नै लाग्छ । तर यो सत्यलाई तितो मानेर पन्छ्याउन खोजे भने हामीहरु अगाडि बढ्न सक्दैनौं । जतिसुकै कार्यक्रम गरे पनि निर्वाचनको समयमा जनताबाट पार्टी अनुमोदित हुन नसके परिणाम शुन्य नै आउँछ । ’
साथै उनले पार्टीको हरेक गतिविधिहरुमा क्रियाशिल सदस्यहरुलाई समावेश गरिनुपर्ने बताए । उनले क्रियाशिल सदस्यहहरुलाई जनताको विश्वास जितेको कांग्रेस पार्टी हो भन्ने कुरा बिर्सन नहुने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युक्रेन वर्तमान युद्धमोर्चामै युद्धविराम गर्न तयार छ- जेलेन्स्की
-
नेपाली कांग्रेसको आधिकारिक सभापति हुँ : देउवा
-
१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौं उपत्यकाको विद्युत आपूर्ति थप भरपर्दो हुने
-
साढे ७ करोड कमिसन बाँडिएको आरोपमा विशेष अदालतको फैसला ‘मौन
-
देउवा समूहको प्रभावमा परेर पार्टीविरुद्ध गतिविधि गर्नेलाई कारबाही हुन्छ- गगन थापा
धेरै पढिएको
विशेष
नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ
भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।