कर्मचारीका ट्रेड युनियन खारेज गर्नुपर्छ : सांसद अमरेशकुमार सिंह

२०८१ पुष ४ गते विहिवार
सारांश
  • निजामती कर्मचारीलाई युनियन खोल्न दिने भए नेपाली सेना र प्रहरी संगठनहरूमा पनि खोल्ने हुनसक्ने सिंहको भनाइ थियो ।

काठमाडौँ: स्वतन्त्र सांसद अमरेशकुमार सिंहलेसरकारी कर्मचारीहरूको ट्रेड युनियनहरू खारेज गर्नुपर्ने बताएका छन् । जनताले तिरेको करबाट तलब खाने सरकारी कर्मचारी नै ट्रेड युनियन खोलेर बस्नु सही नभएको उनको भनाइ थियो ।

 

प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा ​संघीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधनकर्ताका रुपमा आफ्ना धारणा राख्ने क्रममा सांसद अमरेशकुमार सिंहले सो कुरा बताएका हुन् । 

 

'कर्मचारी युनियनहरू खारेज गर्नुपर्छ । सरकारको तलब खानेले युनियन बनाउने होइन, यस्तो गर्दा अराजकता हुन्छ,' उनले भने । हुलका हुल कर्मचारी युनियन आएर निर्वाचनमा सहयोग गर्ने भनेर आउने र आफूअनुकूल कानुन निर्माण गर्न लगाउने गरेको पनि उनको भनाइ थियो।

 

निजामती कर्मचारीलाई युनियन खोल्न दिने भए नेपाली सेना र प्रहरी संगठनहरूमा पनि खोल्ने हुनसक्ने सिंहको भनाइ थियो । सरकारी कर्मचारी नै रहेका सुरक्षा संगठनमा कार्यरतहरूलाई किन युनियन खोल्न नदिने भन्ने प्रश्न उठ्नसक्ने पनि सिंहको तर्क थियो ।

 

साथै सांसद सिंहले कर्मचारी जुन कार्यालयमा दरबन्दी गरिएको हो सोही कार्यालयमा काम गर्नैपर्ने कानुनी व्यवस्था राख्नुपर्ने सांसद सिंहको प्रस्ताव छ । कर्मचारीहरूलाई दरबन्दी रहेको जिल्लामा नगएर काजमा काठमाडौंमा बस्ने व्यवस्था राख्न नहुने उनको भनाइ थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार