‘ट्रम्पले बलात्कार गरेको’ भनी झुठो समाचार फैल्याउने एबीसीले १५ करोड डलर क्षतिपूर्ति तिर्नुपर्ने

२०८१ मंसिर ३० गते आईतवार
सारांश
  • हालै भएको निर्वाचनमा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पमाथि एक महिला बलात्कारको आरोप लगाउँदै झुठो समाचार फैल्याउने एबीसी टिभीले १५ करोड डलर क्षतिपूर्ति तिर्नुपर्ने भएको छ।

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पमाथि एक महिला बलात्कारको आरोप लगाउँदै झुठो समाचार फैल्याउने एबीसी टिभीले १५ करोड डलर क्षतिपूर्ति तिर्नुपर्ने भएको छ।

 

प्रस्तोता जर्ज स्टेफानोपोलोसले १० मार्चको एक कार्यक्रममा ट्रम्पले एक महिलालाई बलात्कार गरेको आरोप लगाएका थिए। ट्रम्पका वकिल एलेजान्ड्रो ब्रिटोको कानुनी फर्मलाई कानुनी शुल्कमा १ मिलियन डलरसमेत तिर्नेगरी १५ करोड डलर क्षतिपूर्तिका साथ विवाद सुल्झाउन शनिबार सहमति भएको हो।

 

सम्झौताले एबिसीले राष्ट्रपति पुस्तकालयलाई उक्त क्षतिपूर्ति रकम भुक्तानी गर्नेछ। उक्त भुक्तानीलाई ‘परोपकारी योगदान’को रूपमा वर्णन गरेको छ, जसको पैसा अझै निर्माण हुन नसकेको पुस्तकालयको सम्बन्धमा स्थापना भइरहेको गैर-लाभकारी संस्थाको लागि छुट्याइएको छ।

 

एबीसी न्यूजका प्रवक्ता जेनी केडासले भने,’हामी खुसी छौं कि पक्षहरू अदालतमा दायर गरिएका सर्तहरूमा मुद्दा खारेज गर्ने सहमतिमा पुगेका छन्।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार