सिराहामा ६४ जना अपाङ्गता भएका व्यक्तिलाई ह्लिचेयर वितरण
२०८१ मंसिर १९ गते बुधवार
- अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा पद्मोदय फाउन्डेसनद्वारा सिरहाका ६४ जना अपाङ्गता भएका व्यक्तिलाई ह्विलचेयर वितरण गरिएको छ ।
सिरहा: अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा पद्मोदय फाउन्डेसनद्वारा सिरहाका ६४ जना अपाङ्गता भएका व्यक्तिलाई ह्विलचेयर वितरण गरिएको छ ।
'समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने मूल नाराका साथ मनाइएको अन्तर्राष्ट्रिय अपाङ्गता दिवसअन्तर्गत आज यहाँ आयोजित कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले ह्विलचेयर वितरण गर्नुभएको हो ।
मन्त्री सिंहले अपाङ्गता भएका व्यक्तिको सशक्तीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अपाङ्गता भएका व्यक्तिको फरक क्षमताको पहिचान गर्ने र उहाँहरूको सशक्तिकरणका लागि प्रदेश सरकार सदैव सहयोग र समन्वय गर्न प्रतिबद्ध छ ।” मन्त्री सिंहले अपाङ्गता भएका व्यक्तिको जीवनस्तर उकास्न कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राख्नुभयो ।
धनगढीमाई नगरपालिकाका प्रमुख शिवशङ्कर महतोले समाजमा समान अवसर प्रदान गर्न र अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन यस प्रकारका सहयोगको आवश्यकता पर्ने बताउनुभयो । उहाँले पद्मोदय फाउन्डेसनप्रति आभार व्यक्त गर्दै अपाङ्गता भएका व्यक्तिलाई प्रदान गरिएको ह्विलचेयरले उहाँहरूको दैनिकी सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
अपाङ्गता भएका व्यक्तिको सम्मान, उहाँहरूको क्षमता विकास र सामाजिक सहभागितामा सकारात्मक सन्देश फैलाउने उद्देश्यका साथ यो कार्यक्रम गरिएको पद्मोदय फाउन्डेसनका अध्यक्ष दिपेन्द्र महतोले बताउनुभयो । उहाँले आगामी दिनमा पनि अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्न यस्ता गतिविधिलाई निरन्तरता दिने उल्लेख गर्नुभयो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।