बिपी राजमार्ग दिउँसाे मात्र खुल्ने, राति १० घन्टा बन्द

२०८१ असोज ३०, बुधबार
सारांश
  • काठमाडाैँ- धुलिखेलदेखि सिन्धुलीसम्मको बिपी राजमार्ग दिउँसाे मात्र खुल्ने भएकाे छ।

काठमाडाैँ- धुलिखेलदेखि सिन्धुलीसम्मको बिपी राजमार्ग दिउँसाे मात्र खुल्ने भएकाे छ।

 

काभ्रेकाे भकुण्डेवेसी चौकिडाँडा देखि बर्षेखोला सम्मको सडकमा निर्रमाण भएकाे ट्रयाकलाई थप सुधारका गर्न साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म उक्त सडक बन्द रहने सडक डिभिजन भक्तपुरले जनाएकाे छ।

 

डिभिजनले बुधबार एक सूचना जारी गर्दै उक्त सडकखण्डमा सुख्खा पहिरो झर्ने सम्भावना रहेकोले हाललाई बन्द गरिएकाे जनाएकाे हाे।

 

गत गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षा र बाढी पहिरोका कारण बिपी राजमार्गको भकुण्डेबेसी बर्षेखोला खण्ड (काभ्रे) को करिब ८ कि.मी. भन्दा बढी लम्बाईको सडक पूर्ण रूपमा बगाएको थियाे।

 

हाल भने ट्रयाक निर्माण गरी यात्रुवाहक सवारी साधनको लागि मात्र आवागमन खुलाइएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार