कोशी प्रदेशमा बाढीपहिरोमा परि २० जनाले ज्यान गुमाए, १६ सयभन्दा बढी विस्थापित
२०८१ असोज १७ गते बिहिबार
- कोशी प्रदेश आन्तरिक मामिला कानुन मन्त्रालयका अनुसार बाढीपहिरो र डुबानका कारण प्रदेशमा २० जनाले ज्यान गुमाएका छन्।
मोरङ – कोशी प्रदेश आन्तरिक मामिला कानुन मन्त्रालयका अनुसार बाढीपहिरो र डुबानका कारण प्रदेशमा २० जनाले ज्यान गुमाएका छन्।
मन्त्री लिलाबल्लभ अधिकारीका अनुसार असोज ११ गतेबाट परेको अविरल वर्षापछिको विपद्मा परी २० जनाको मृत्युसँगै ११ जना घाइते भएका छन्।
मन्त्री अधिकारीले अधिकांश घाइतेहरु उपचारपछि घर फर्किएको र राहत उद्धारका लागि सरकारले निर्णयसमेत गरेको जानकारी दिए। उनका अनुसार प्रदेश सरकारले मृतकको परिवारलाई जनही १ लाख रुपैयाँ राहत दिएको हो।
त्यसैगरि, प्रदेशमा बाढी पहिरोमा परि १ हजार ६ यस ४८ जना विस्थापित हुनु परेको उनले बताए। मन्त्री अधिकारीले मानवीय क्षतिसँगै प्रदेशको विभिन्न स्थानमा भौतिक सरचनामा समेत क्षति पुगेको छ।
बाढीका कारण प्रदेशको विभिन्न स्थानमा ५ वटा पक्की पुल एउटा बेलीब्रिज, ६ वटा झोलुंगे पुल गरी १२ वटा संरचना ध्वस्त भएको छ। त्यसैगरि, विपद्मा परी ३८ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको बताउँदै मन्त्री अधिकारीले ४ सय ३४ घरका मानिसहरुलाई प्रदेश सरकारले उद्धार गरेको बताए।
उनका अनुसार बाढीले पाँचथरको हेवा खोलामा रहेको बेलीब्रिज, इलाम सन्दकपुरलाई जोड्ने रति खोलाको पुल र उद्यपुर–खोटाङलाई जोड्ने फोक्सिङटारको पुल र खोटाङ जोड्ने पक्की पुल बगाएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’