- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘मित्र’ भनेपछि त्यसको जवाफ दिँदै पुटिनलाई ‘हत्यारा’ भनेका छन् ।
काठमाडौँ : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘मित्र’ भनेपछि त्यसको जवाफ दिँदै पुटिनलाई ‘हत्यारा’ भनेका छन् ।
सीएनएनसँगको कुराकानीमा जेलेन्स्कीले पुटिनलाई के भनेर सम्बोधन गर्ने भन्ने कुरा ट्रम्पको व्यक्तिगत निर्णय भए पनि युक्रेनका लागि उनी शत्रु र हत्यारा भएको बताएका छन् । उनले पुटिनले दिनरात सर्वसाधारणको हत्या गरिरहेको आरोपसमेत लगाए ।
यसअघि चीनमा चिनियाँ राष्ट्रपति सी जीनपीङ र पुटिनसँगको ऐतिहासिक त्रिपक्षीय भेटवार्ताका क्रममा ट्रम्पले पुटिनलाई आफ्नो मित्र भन्दै उनीहरूबीच लामो समयदेखि राम्रो सम्बन्ध रहेको बताएका थिए । शुक्रबार पनि उनले पुटिनलाई मित्र भन्ने आफ्नो अभिव्यक्तिको बचाउ गर्दै पुटिन युद्ध अन्त्य गर्न चाहने दाबी गरेका थिए ।
यसैबीच, रुसले शुक्रबार युक्रेनको राजधानी किएभका पुल र रेल स्टेसनलाई लक्षित गरी गरेको आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । जेलेन्स्कीले उक्त आक्रमणलाई यस वर्षकै सबैभन्दा ठूलो भन्दै रुसले ११० क्षेप्यास्त्र, त्यसमध्ये २७ वटा ब्यालिस्टिक क्षेप्यास्त्र र ४०० भन्दा बढी मानवरहित विमान प्रयोग गरेको बताएका छन् । आक्रमणमा सर्वसाधारणको मृत्यु हुनुका साथै धेरै घाइते भएका छन् ।
जेलेन्स्कीले पुटिनलाई ‘मित्र’ भनेर सम्बोधन गर्दा उनीमाथि पर्याप्त दबाब नपरेको सन्देश जाने बताएका छन् । ट्रम्पले भने पुटिन अमेरिकाका मित्र हुन् वा होइनन् भन्नेबारे आफूले केही भन्न नसक्ने बताएका छन् ।
यता, पोल्यान्डले शुक्रबार बिहान रुसको एउटा क्रुज क्षेप्यास्त्रसहित तीनवटा वस्तुले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेको जनाएको छ ।
पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले त्यसलाई दुर्घटनाका रूपमा लिन नसकिने बताएका छन् । घटनामा कुनै मानवीय क्षति वा भौतिक नोक्सानी नभए पनि पोल्यान्डले यसलाई रुसको उक्साहटपूर्ण गतिविधि भनेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
ट्रम्पले पुटिनलाई मित्र भनेपछि जेलेन्स्कीले भने- 'हत्यारा'
-
सेयर बजार घट्दा प्रविधि कम्पनीहरू दबाबमा
-
शान्ति सम्झौताका बाँकी काम तत्काल पूरा गर्न प्रचण्डको आग्रह
-
एन्फाको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको मन्त्री पोखरेलको दाबी
-
नेपाल–भारत स्टार्टअप साझेदारीका लागि बलियो नीतिगत ढाँचा आवश्यक : डा. शालिग्राम पराजुली
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।