ट्रम्पले भने- नेपाललाई आवश्यक सबै सहयोग गर्छौं

२०८३ भाद्र १२ शुक्रवार
सारांश
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सहयोग गर्ने बताएका छन् ।

काठमाण्डौ, १२ भाद्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सहयोग गर्ने बताएका छन् ।

 

ह्वाइटहाउसमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै राष्ट्रपति ट्रम्पले नेपाललाई आवश्यक सबै सहयोग गर्ने र अमेरिकाले राहत पठाउदै गरेको बताएका हुन् ।

 

उनले भने- 'हामी सबै आवश्यक सहयोग गर्न तयार छौं, हाम्रो नेपालसँग राम्रो सम्बन्ध छ । निकै ठुलो लेदो र पानीको बाढी आएको छ ।  यस्तो अहिलेसम्म देखिएको छैन । हामीले नेपालको सरकारसँग कुरा गरिरहेका छौं र सहयोग पठाउदैछौं । अहिलेसम्म ५० देखि ६० अमेरिकी नागरिक सम्पर्कमा नरहेको र विस्तृत जानकारी आउन बाँकी छ । केहि भेटिने सम्भावना कम रहेको छ ।'

 

नेपाल पर्यटन बोर्डका अनुसार अहिलेसम्म भोटेकोशी बाढीबाट ६५ अमेरिकी नागरिक सम्पर्कविहिन रहेका छन्  । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार