हिजाब नलगाई परफरमेन्स गरेकी इरानी गायिका अहमदीलाई ७४ कोर्रा हानियो
८ मार्ग, २०८३
- २९ वर्षीया अहमदीले सन् २०२४ डिसेम्बरमा दर्शकविहीन मञ्चमा गीत गाएर त्यसको भिडियो युट्युबमा सार्वजनिक गरेकी थिइन् ।
काठमाडौं: इरानकी चर्चित गायिका परस्तु अहमदी र उनको सांगीतिक समूहका चार सदस्यलाई युट्युबमा सार्वजनिक गरिएको सांगीतिक प्रस्तुतिका कारण ७४ कोर्रा हानिएको छ । स्थानीय सञ्चारमाध्यमले उनका वकिललाई उद्धृत गर्दै सोमबार सजाय कार्यान्वयन गरिएको जनाएका छन् ।
२९ वर्षीया अहमदीले सन् २०२४ डिसेम्बरमा दर्शकविहीन मञ्चमा गीत गाएर त्यसको भिडियो युट्युबमा सार्वजनिक गरेकी थिइन् । भिडियो लाखौँले हेरेका थिए । इरानमा महिलालाई सार्वजनिक रूपमा गीत गाउन प्रतिबन्ध छ भने हिजाब लगाउन र मर्यादित पहिरन अपनाउनुपर्ने नियम छ ।
उक्त प्रस्तुतिलाई लिएर अहमदीसहित उनका संगीतकर्मी र समूहका सदस्यलाई सार्वजनिक मर्यादा उल्लङ्घन तथा अश्लील सामग्री निर्माण र प्रसारणमा संलग्न भएको आरोप लगाइएको थियो। उनीहरूलाई गत जुनमा ७४ कोर्राको सजाय सुनाइएको थियो ।
एम्नेस्टी इन्टरनेसनलले यसअघि नै सजायको विरोध गर्दै कार्यान्वयन नगर्न इरानी सरकारसँग आग्रह गरेको थियो । सन् २०२२ मा महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि इरानमा महिलाले हिजाबसम्बन्धी नियमको विरोध गर्दै सार्वजनिक रूपमा हिजाब नलगाउने क्रम बढेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सेयर बजारमा १५ अंकको वृद्धि,कारोबार रकम साढे ५ अर्बमाथि
-
शरद ऋतुमा ४७ हिमाल आरोहण गर्न १६१३ पर्वतारोहीले लिए अनुमति
-
भोजपुरमा एक हजार छ सय बढी घटे मतदाता
-
अल्टिच्युड एयरको १० वर्षे यात्रामा नयाँ उपलब्धि, थपियो अत्याधुनिक एयरबस एच–१२५ हेलिकोप्टर
-
भारतको १८४ अर्ब ऋण आवश्यकता र आयोजनाको प्रगतिअनुसार खर्च गर्छौं : अर्थमन्त्री
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।