विहार र उतर प्रदेशमा बर्षा र चट्याङबाट ४८ जनाको मृत्यु
१६ जेठ, २०८३, शनिवार
- यता राजस्थानका ३० जिल्लामा आँधीसँगै असिना पर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ । एक दिनअघि चुरु, हनुमानगढ, बिकानेर र सीकरलगायत नौ जिल्लामा तापक्रम १० डिग्री सेल्सियससम्म घटेको थियो ।
काठमाडौँ: भारतका १५ भन्दा बढी राज्यमा अत्यधिक गर्मीका बीच वर्षाको चेतावनी जारी गरिएको छ । विभिन्न स्थानमा आएको आँधी, वर्षा र चट्याङका कारण जनजीवन प्रभावित भएको छ ।
बिहारमा पछिल्लो २४ घण्टामा आँधी, वर्षा र चट्याङका घटनामा परी १७ जनाको मृत्यु भएको छ । राजधानी पटनामा भारी वर्षाका कारण चार उडान अन्य विमानस्थलतर्फ मोडिएका छन् भने १८ उडान ढिलो भएका छन् । यसबाट पाँच सयभन्दा बढी यात्रु प्रभावित भएका छन् । मौसम विभागले शनिबार पनि राज्यका २५ जिल्लामा वर्षाको सम्भावना रहेको जनाएको छ।
उत्तर प्रदेशमा पछिल्लो २४ घण्टामा आँधीबेहरीका कारण ३१ जनाको ज्यान गएको छ । सहारनपुरमा भारी वर्षापछि पहाडी क्षेत्रबाट आएको तीव्र भेलले इनोभा र ट्र्याक्टरसहित १० वटा सवारीसाधन बगाएको छ । राज्यका सबै ७५ जिल्लामा शनिबार पनि वर्षाको चेतावनी जारी गरिएको छ ।
यता राजस्थानका ३० जिल्लामा आँधीसँगै असिना पर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ । एक दिनअघि चुरु, हनुमानगढ, बिकानेर र सीकरलगायत नौ जिल्लामा तापक्रम १० डिग्री सेल्सियससम्म घटेको थियो ।
पञ्जाबको पठानकोटमा शनिबार बिहान असिना परेको छ भने मोहालीमा भारी वर्षा भएको छ । मौसममा आएको अचानक परिवर्तनले धेरै क्षेत्रमा गर्मीबाट राहत मिले पनि जनजीवन प्रभावित बनेको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।