अनुमति बिना हज गर्नेलाई कडा कारबाही गर्ने साउदी अरबको चेतावनी
२०८३ वैशाख ०३ विहिवार
- साउदी अरबले अनुमति बिना हज गर्नेलाई कडा कारबाही गर्ने घोषणा गरेको छ ।
काठमाण्डौ, ०३ वैशाख । साउदी अरबले अनुमति बिना हज गर्नेलाई कडा कारबाही गर्ने घोषणा गरेको छ ।
अप्रिल १८ देखि जुनको मध्यसम्म लागू हुने नयाँ नियमअनुसार अधिकतम १ लाख साउदी रियालसम्म जरिवाना लगाइने बताइएको छ । हज सिजनका बेला मक्का र आसपासका पवित्र स्थलमा कडाइ गरिने जनाइएको छ ।
गृह मन्त्रालयका अनुसार भ्रमण भिसा मिलाइदिने, यातायात वा बसोबासको व्यवस्था गर्ने व्यक्तिलाई पनि समान जरिवाना गरिनेछ । एकभन्दा बढी व्यक्ति संलग्न भएमा जरिवाना रकम अझ बढ्न सक्नेछ । अनुमतिबिना मक्कामा प्रवेश गर्ने वा भिसा अवधि नाघेर बस्ने व्यक्तिलाई देशनिकाला गरी १० वर्षसम्म पुनः प्रवेशमा प्रतिबन्ध लगाइनेछ ।
यसका साथै यस्ता गतिविधिमा प्रयोग गरिएका सवारीसाधनसमेत जफत गर्न सकिने व्यवस्था गरिएको छ । जरिवाना लगाएपछि ३० दिनभित्र उजुरी दिने र ६० दिनभित्र प्रशासनिक अदालतमा पुनरावेदन गर्ने अधिकार पनि दिइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।