इरानले माग्यो २७० अर्ब डलर बराबरको क्षतिपूर्ति

२ बैसाख, २०८३, बुधवार
सारांश
  • संयुक्त राष्ट्रसंघमा इरानका प्रतिनिधिले आक्रमणमा क्षेत्रीय देशहरूको समेत भूमिका रहेको आरोप लगाउँदै उनीहरूले पनि यसको मूल्य तिर्नुपर्ने बताएका छन् ।

काठमाडौँ: इरानले हालैको युद्धमा करिब २७० अर्ब डलर बराबरको क्षतिको दाबी गर्दै क्षतिपूर्ति माग गरेको छ ।

 

संयुक्त राष्ट्रसंघमा इरानका प्रतिनिधिले आक्रमणमा क्षेत्रीय देशहरूको समेत भूमिका रहेको आरोप लगाउँदै उनीहरूले पनि यसको मूल्य तिर्नुपर्ने बताएका छन् ।

 

इरान सरकारकी प्रवक्ता फातमेह मोहाजेरानीका अनुसार फागुन २८ देखि सुरु भएको युद्धपछि देशलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा करिब २७० अर्ब डलरको क्षति पुगेको छ। उनले एक अन्तर्वार्तामा यस्तो जानकारी दिएकी हुन् ।

 

संयुक्त राष्ट्रसंघस्थित इरानी दूतले पाँच वटा क्षेत्रीय देशको भूमिबाट इरानमाथि आक्रमण भएको आरोप लगाएका छन् । त्यसैले ती देशहरूले पनि क्षतिपूर्ति दिनुपर्ने उनको भनाइ छ । यसैबीच इरानले क्षतिपूर्ति उठाउन होर्मुज जलडमरूमध्यबाट आवतजावत गर्ने जहाजमा कर लगाउने प्रस्तावसमेत अघि सारेको छ ।

 

उता अमेरिकासँग सम्भावित वार्ताको तयारी पनि भइरहेको जनाइएको छ । तर क्षेत्रीय देशहरूको मध्यस्थताबीच पनि इरान आफ्नो अडानमा कडा देखिएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार