बिहारमा नितिश युगको अन्त्य, बिजेपीका सम्राट चौधरी नयाँ मुख्यमन्त्री बन्दै
२०८३ वैशाख ०२ बुधवार
- राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडिए) ले गठबन्धनको विधायक दलको नेतामा सम्राट चौधरी सर्वसम्मत रूपमा चयन गरेसँगै चौधरी विहारको नयाँ मुख्यमन्त्री बन्ने भएका हुन् ।
एजेन्सी, ०२ वैशाख । भारतको बिहारमा सम्राट चौधरी नयाँ मुख्यमन्त्री बन्ने भएका छन् ।
राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडिए) ले गठबन्धनको विधायक दलको नेतामा सम्राट चौधरी सर्वसम्मत रूपमा चयन गरेसँगै चौधरी विहारको नयाँ मुख्यमन्त्री बन्ने भएका हुन् ।
यसअघि मुख्यमन्त्री रहेका नितिश कुमार राज्यसभा सांसद बन्दै राजीनामा दिएपछि विहारमा नयाँ मुख्यमन्त्रीको रुपमा बिजेपीका चौधरीलाई अगाडी सारिएको छ । चौधरी विधायक दलको नेता बनेपछि राज्यपालसँग भेट गरेर सरकार बनाउने दाबि पेश गरेको र उनको शपथ बुधबार हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
नेतामा चयन भएपछि चौधरीले पार्टीका नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गर्दै आफूलाई दिइएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । उनले लामो समयदेखि राजनीतिमा सक्रिय रहेको उल्लेख गर्दै पार्टीले दिएको हरेक जिम्मेवारी सफलतापूर्वक निभाउँदै आएको बताए ।
गत बर्ष नोभेम्बरमा भएको निर्वाचनमा बिहारमा एनडिएले २४३ सदस्यीय विधान सभामा २०२ सिटमा जित हासिल गरेको थियो ।
७५ बर्षिय नितिश कुमार आफ्नो कुल कार्यकालमा करिब २० बर्ष बिहारको मुख्यमन्त्री बनेका थिए । योसँगै विहारमा नितिश कुमार युगको अन्त्य भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।