उत्तर कोरियाले परमाणु हतियार राख्ने निर्णय सहि भएको पुष्टि भयो- किम
२०८२ चैत्र १० मङ्गलवार
- उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनले देशसँग परमाणु हतियार राख्ने निर्णय भएको बताएका छन् ।
एजेन्सी, १० चैत्र । उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनले देशसँग परमाणु हतियार राख्ने निर्णय भएको बताएका छन् ।
उतर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार उनले अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणले आफ्नो देशले परमाणु हतियार राख्ने निर्णय सही रहेको पुष्टि गरेको बताएका हुन् ।
संसदमा दिएको सम्बोधनमा किमले वर्तमान विश्व परिस्थितिमा बलियो सैन्य शक्ति नै सुरक्षाको आधार भएको उल्लेख गरे । उनले उत्तर कोरियाको परमाणु शक्ति अझ मजबुत बनाइने र अमेरिकालाई रोक्ने दिशामा अघि बढ्ने बताए ।
किमले सन् २०१९ मा अमेरिकासँग भएको वार्ता विफल भएपछि परमाणु कार्यक्रम विस्तार गर्ने निर्णय आफ्नो सबैभन्दा सही कदम रहेको पनि दाबी गरेका छन् । उनले आफ्नो देश कुनै पनि परिस्थितिका लागि तयार रहेको उल्लेख गरे ।
त्यस्तै, दक्षिण कोरियालाई प्रमुख शत्रुका रूपमा लिने नीति दोहोर्याउँदै कुनै पनि आक्रमणको प्रयास भए कडा प्रतिक्रिया दिने चेतावनी दिएका छन् ।
किमले आत्मनिर्भर अर्थतन्त्र निर्माणसँगै थप परमाणु हतियार र क्षेप्यास्त्र विकासमा जोड दिने बताएका छन् । उनका अनुसार परमाणु शक्तिका कारण देश सुरक्षित भएको र आर्थिक विकासमा ध्यान दिन सकिएको छ ।
अमेरिका र उसका सहयोगी देशहरूले वर्षौँदेखि उत्तर कोरियालाई परमाणु कार्यक्रम त्याग्न दबाब दिँदै आए पनि हालसम्म त्यसमा सफलता मिलेको छैन ।
यसअघि अमेरिका र उत्तर कोरियाबीच सन् २०१८ मा वार्ता सुरु भई २०१९ मा असफल भएपछि उत्तर कोरियाले आफ्नो सैन्य शक्ति थप विस्तार गर्ने रणनीति अपनाएको थियो । अहिले उत्तर कोरियासँग लामो दूरीका क्षेप्यास्त्रसमेत रहेको अनुमान गरिएको छ, जसले टाढाका लक्ष्यसम्म प्रहार गर्न सक्ने क्षमता राख्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’