युद्धविरामको विपक्षमा ट्रम्प

२०८२ चैत्र ७ शनिवार
सारांश
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा युद्धविरामको पक्षमा नरहेको बताएका छन् ।

एजेन्सी, ०७ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा युद्धविरामको पक्षमा नरहेको बताएका छन् ।

 

सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिलेको अवस्थामा युद्ध रोक्ने कुनै योजना नभएको स्पष्ट पारेका हुन्  । उनका अनुसार जब विपक्षी पक्षलाई पूर्ण रूपमा कमजोर पारिँदै हुन्छ, त्यस्तो अवस्थामा युद्धविराम उपयुक्त हुँदैन । ट्रम्पले अमेरिका युद्धमा अग्रता हासिल गरिसकेको दाबी गर्दै यसै कारण तत्काल युद्ध रोक्ने मनसाय नरहेको बताएका छन् ।

 

यसैबीच उनले उत्तर एटलान्टिक सन्धि संगठनका सदस्य राष्ट्रहरूमाथि पनि कडा टिप्पणी गरेका छन् । सहयोग नगरेको भन्दै उनले ती राष्ट्रहरूलाई कायरको संज्ञा दिएका छन् र अमेरिकाविना उक्त सैन्य गठबन्धन प्रभावहीन हुने बताएका छन् ।

 

समाचारअनुसार ट्रम्पले इरानविरुद्धको अभियानमा विशेषगरी होर्मुज जलडमरूमध्य खुला गराउन सहयोग मागेका थिए । तर धेरै देशहरूले प्रत्यक्ष संलग्न हुन अस्वीकार गरेपछि अमेरिका र उसका सहयोगीहरूबीच तनाव बढेको जनाइएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ

भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।

थप समाचार