इरानले कतारपछि अब कुवेतको तेल प्रशोधन केन्द्रमा पनि आक्रमण
२०८२ चैत्र ०६ शुक्रवार
- इरानले कतारपछि अब कुवेतको तेल प्रशोधन केन्द्रमा पनि आक्रमण गरको छ ।
काठमाण्डौ, ०६ चैत्र । इरानले कतारपछि अब कुवेतको तेल प्रशोधन केन्द्रमा पनि आक्रमण गरको छ ।
कुवेतको सरकारी तेल कम्पनी कुवेत पेट्रोलियम कर्पोरेशनका अनुसार प्रशोधन केन्द्रमा धेरै वटा ड्रोनबाट आक्रमण गरिएको हो ।आक्रमण भए पनि हालसम्म मानवीय क्षतिको खबर भने आएको छैन ।
सरकारी समाचार एजेन्सीका अनुसार मीना अल अहमदी प्रशोधन केन्द्रमा आगलागी भएको थियो । आगो नियन्त्रणमा लिन आपतकालीन टोलीले लामो समयसम्म प्रयास गर्नुपरेको जनाइएको छ । केही उत्पादन एकाइहरू पनि अस्थायी रूपमा बन्द गरिएको छ ।
खाडी क्षेत्रका देशहरूले ऊर्जा केन्द्रहरूलाई आक्रमणबाट जोगाउने प्रयास गरिरहेका भए पनि युद्धका कारण ती स्थानहरू बारम्बार निशानामा परिरहेका छन् । दक्षिण पार्स ग्यास क्षेत्रमा इजरायलले आक्रमण गरेपछि त्यसको प्रत्युत्तरमा ईरानले कारबाही थालेको हो, जसको असर खाडी देशहरूमा समेत परेको छ ।
पवित्र रमजान महिनाको अन्त्यसँगै मनाइने ईदको समयमा समेत युद्ध रोकिने संकेत नदेखिएको जनाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’