अमेरिकी विदेश र रक्षामन्त्री बस्ने सैन्य आधारमाथि अज्ञात ड्रोन

२०८२ चैत्र ०५ विहीवार
सारांश
  • पछिल्लो समय इरानमाथि अमेरिकी र इजरायली आक्रमणका कारण सुरक्षा सतर्कता पहिले नै उच्च अवस्थामा रहेको छ ।

काठमाडौँ: अमेरिकाको राजधानी वासिङ्टनस्थित एक महत्वपूर्ण सैन्य आधारमाथि अज्ञात ड्रोन देखिएपछि सुरक्षा सतर्कता बढाइएको छ ।

 

अमेरिकी सञ्चारमाध्यम द वासिङ्टन पोस्ट का अनुसार उक्त ड्रोन फोर्ट लेस्ली म्याकनेयर सैन्य आधारमाथि देखिएका हुन् । सोही आधारभित्र अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रक्षामन्त्री पीट हेगसेथ बस्दै आएका छन् ।

 

घटनाबारे जानकारी राख्ने स्रोतहरूका अनुसार देखिएका ड्रोनको पहिचान हालसम्म हुन सकेको छैन भने ती कहाँबाट आएका हुन् भन्ने पनि स्पष्ट छैन ।

 

पछिल्लो समय इरानमाथि अमेरिकी र इजरायली आक्रमणका कारण सुरक्षा सतर्कता पहिले नै उच्च अवस्थामा रहेको छ । यहीबीच पछिल्ला १० दिनमा एक रात सो सैन्य आधारमाथि धेरै ड्रोन देखिएपछि सुरक्षा थप कडा बनाइएको छ । यस विषयमा ह्वाइट हाउसमा आकस्मिक बैठकसमेत बसेको जनाइएको छ ।

 

यसैबीच अमेरिकाले विश्वभर रहेका आफ्ना दूतावासहरूका लागि सुरक्षा चेतावनी जारी गरेको छ भने देशभित्रका विभिन्न सैन्य आधारमा सुरक्षा स्तर बढाइएको छ । केही आधारमा ‘चार्ली’ स्तरको सतर्कता लागू गरिएको छ, जसले सम्भावित खतरा रहेको संकेत गर्छ । ड्रोन देखिएपछि सम्बन्धित मन्त्रीहरूलाई अन्यत्र सार्ने विषयमा पनि छलफल भएको थियो । तर हालसम्म उनीहरूलाई स्थानान्तरण गरिएको छैन ।

 

सामान्यतया उच्च पदस्थ अधिकारीहरूको बसोबास स्थान गोप्य राखिने गरिन्छ । तर पछिल्लो समय सुरक्षा कारण देखाउँदै केही अधिकारीहरू सैन्य आधारमै बस्न थालेका छन् । यस घटनाले नयाँ प्रविधि प्रयोग भएका ड्रोनजस्ता जोखिमले सुरक्षा चुनौती अझ बढाएको देखिएको अधिकारीहरूको भनाइ छ । अमेरिकी रक्षा मन्त्रालयले भने यस विषयमा विस्तृत टिप्पणी गर्न अस्वीकार गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ

भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।

थप समाचार