मुस्लिम समुदायद्वारा हिन्दु युवकको विभत्स हत्या: दिल्ली उत्तम नगर

२०८२ फाल्गुण २४ आइतवार
सारांश
  • यस मुद्दामा अहिलेसम्म जम्मा आठ जना पक्राउ परिसकेका छन् र कुमारको मृत्युको विषयमा हत्या सम्बन्धि मुद्दा दर्ता गरिएको छ।

हालै मार्च ४ होली पर्वको दिन भारतको दिल्ली स्थिति उत्तम नगरमा एक विभत्स घटना घट्यो। दिल्लीको उत्तम नगर क्षेत्रमा होलीको उत्सवको समयमा  एक बालिकाले फालेको लोला (पानीको बेलुन) लाई लिएर दुई फरक समुदायका परिवारहरूबीच भएको झडपमा एक व्यक्तिको मृत्यु भएको छ। जब एक हिन्दु परिवारकी ११ वर्षीया बालिकाले आफ्नो छतबाट तल बाटोमा हिँडिरहेका हिन्दु मानिसहरूलाई लोला हानिरहेकी थिइन्। एउटा लोलाको पानीको केहि छिटा एक मुस्लिम महिलालाई लाग्यो, जसमा ती महिलाले आपत्ति जनाएकी थिईन।

 

प्रहरीका अनुसार, यस विषयलाई लिएर बालिकाको परिवार र ती महिलाबीच भनाभन सुरु भयो, जुन पछि हिंसात्मक झडपमा परिणत भयो। हिन्दु परिवारले उक्त मुस्लिम महिला समक्ष माफी समेत मागेको थियो।  तर ति मुस्लिम महिलाले आफ्नो समुदायमा गएर घटनालाई प्रचार गरिन तव उग्र मुस्लिम समुदायको भिडले उक्त हिन्दु बालिकाको दाई तरुण कुमारलाई कुटेर विभत्स तरिकाले हत्या गर्यो।  

 

२६ वर्षीय तरुण कुमारको बिहीबार बिहान मृत्यु भयो, जसका कारण उक्त क्षेत्रमा थप झडपहरू सुरु भएका छन्।  एक बालिकाले आफ्नै हिन्दु समुदायलाई उत्सवको समयमा पानी भरिएको बेलुनसँग खेल्दा झुक्किएर केहि पानीको थोपा मुस्लिम महिलाको शरिरमा परेकै भरमा त्यसरी हिन्दु समुदाय बिरुद्ध जाईलाग्नु र सिंगो समुदाय नै झम्टिएर विभत्स तरिकाले हत्या गर्नुले भारतको धर्म निरपेक्षताको खिल्ली उडाएको छ।  यसले भारतका मुस्लिमहरू आफ्नो मजहव प्रति कति कट्टर छन् र उनीहरू अर्को समुदाय प्रति कुन हदसम्म आक्रामक छन् भन्ने प्रष्ट देखाउछ।  

 

झडपका कारण भएको मृत्युले पश्चिम दिल्लीको उत्तम नगर क्षेत्रमा विरोध प्रदर्शनहरू भैरहेका छन्। शुक्रबार राति केही सवारी साधनहरूमा आगजनी गरियो र मृतकका लागि न्यायको माग गर्दै प्रदर्शनकारीहरूले सडक अवरुद्ध पारेका थिए।

 

प्रहरीले बिहीबार साँझ नै मुस्लिम परिवारका चार जनालाई पक्राउ गरेको थियो। यस मुद्दामा अहिलेसम्म जम्मा आठ जना पक्राउ परिसकेका छन् र कुमारको मृत्युको विषयमा हत्या सम्बन्धि मुद्दा दर्ता गरिएको छ।

 

त्यस क्षेत्रमा बढेको तनावलाई ध्यानमा राख्दै प्रहरी र अन्य सुरक्षा बलहरूलाई उक्त छिमेकमा तैनाथ गरिएको छ। यस सम्बन्धमा थप अनुसन्धान भैरहेको दिल्ली प्रहरीले जनाएको छ।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार