इरानले कुनै पनि अवस्थामा आत्मसमर्पण गर्दैन- राष्ट्रपति पेजेशकियान

२०८२ फाल्गुण २३ शनिवार
सारांश
  • इरानका राष्ट्रपति मसुद पेजेशकियानले आफ्नो देशले कुनै पनि अवस्थामा आत्मसमर्पण नगर्ने बताएका छन् ।

एजेन्सी, २३ फाल्गुण । इरानका राष्ट्रपति मसुद पेजेशकियानले आफ्नो देशले कुनै पनि अवस्थामा आत्मसमर्पण नगर्ने बताएका छन् । उनले ईरान र इजरायलबीच आक्रमण-प्रत्याक्रमण जारी रहेका बेला यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

सरकारी दूरदर्शनमार्फत सम्बोधन गर्दै राष्ट्रपति पेजेशकियानले ईरानलाई बिना सर्त आत्मसमर्पण गराउने सपना देख्नेहरू निराश हुने बताएका छन्। उनले आफ्नो देशले दबाबका अघि नझुक्ने स्पष्ट पारे ।

 

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँग कुनै पनि वार्ता बिना सर्त आत्मसमर्पण भए मात्र सम्भव हुने बताएका थिए। ट्रम्पको उक्त अभिव्यक्तिको भोलिपल्टै ईरानी राष्ट्रपतिले यस्तो प्रतिक्रिया दिएका हुन् ।

 

यसैबीच गत साता ईरानका सर्वोच्च नेता अली खामेनेईको मृत्यु भएपछि देशको नेतृत्व अस्थायी रूपमा तीन सदस्यीय परिषद्ले सम्हालिरहेको छ । उक्त परिषद्मा राष्ट्रपति पेजेशकियान, न्यायपालिका प्रमुख घोलामहोसैन मोहसेनी एजेइ तथा वरिष्ठ धर्मगुरु अलीरेजा अराफी रहेका छन् ।

 

नयाँ सर्वोच्च नेता चयन नभएसम्म यही परिषद्ले देशको नेतृत्व गर्ने व्यवस्था गरिएको बताइएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार