बेलायतका राजा चार्ल्सका भाइ एन्ड्रयू रिहा

२०८२ फाल्गुण ०८ शुक्रवार
सारांश
  • बेलायतका राजा चार्ल्स तृतीयका भाइ एन्ड्रयू माउन्टबेटन-विन्डसर) लाई प्रहरीले रिहा गरेको छ ।

एजेन्सी, ०८ फाल्गुण । बेलायतका राजा चार्ल्स तृतीयका भाइ एन्ड्रयू माउन्टबेटन-विन्डसर) लाई प्रहरीले रिहा गरेको छ । उनलाई सार्वजनिक पदको दुरुपयोग गरेको आशंकामा बिहीबार पक्राउ गरिएको थियो ।

 

थेम्स भ्याली पुलिसले एन्ड्रयूलाई अनुसन्धानको प्रक्रियाअन्तर्गत रिहा गरिएको पुष्टि गरेको बिबिसीले उल्लेख गरको छ । प्रहरीका अनुसार नोरफोक क्षेत्रमा गरिएको खानतलासीसमेत सम्पन्न भइसकेको छ । यद्यपि, उनीविरुद्धको अनुसन्धान भने जारी रहने जनाइएको छ ।

 

राजा चार्ल्स तृतीयले भाइको पक्राउबारे प्रतिक्रिया दिँदै कानूनलाई आफ्नो काम गर्न दिनुपर्ने बताएका छन् । उनले प्रहरी अनुसन्धानमा दरबारको पूर्ण समर्थन र सहयोग रहने पनि स्पष्ट पारेका छन् ।

 

यसअघि थेम्स भ्याली प्रहरीले कुख्यात यौन अपराधी जेफ्री एपस्टाइनसँग एन्ड्रयूको सम्बन्धबारे उठेका आरोपको अनुसन्धान गर्ने विषयमा विचार गरिरहेको जनाएको थियो । साथै, एपस्टाइनसँग गोप्य सूचनाहरू आदानप्रदान गरिएको भन्ने आरोपको पनि समीक्षा भइरहेको बताइएको छ ।

 

हालै अमेरिकी सरकारद्वारा सार्वजनिक गरिएका कागजातहरूमा एपस्टाइन र एन्ड्रयूबीचको संवाद समेटिएको उल्लेख गरिएको छ । ती कागजात सार्वजनिक भएसँगै बेलायती राजपरिवारमाथि थप दबाब बढेको विश्लेषण गरिएको छ ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार