इस्लामाबादमा आत्मघाती आक्रमण: ३१ जनाको मृत्यु, १६० भन्दाबढी घाइते

२०८२ माघ २३ शुक्रवार
सारांश
  • पाकिस्तानको राजधानी इस्लामाबादमा शुक्रबार भएको आत्मघाती बम आक्रमणमा कम्तीमा ३१ जनाको ज्यान गएको छ भने १६० भन्दा बढी घाइते भएका छन् ।

काठमाण्डौ, २३ माघ । पाकिस्तानको राजधानी इस्लामाबादमा शुक्रबार भएको आत्मघाती बम आक्रमणमा कम्तीमा ३१ जनाको ज्यान गएको छ भने १६० भन्दा बढी घाइते भएका छन् ।

 

अधिकारीहरूले घटनाको पुष्टि गर्दै आक्रमणको कडा निन्दा गरेका छन् ।

 

प्रहरीका अनुसार फिटना अल–ख्वारिजसँग सम्बन्धित आतंककारीले तारलाईस्थित इमामबारगाह खादिजत उल कुब्रामाथि आक्रमण गरेका हुन् । मस्जिदको प्रवेशद्वारमा रोक्न खोज्दा आतंककारीले गोली चलाएको र त्यसपछि भित्र पसेर प्रार्थनाका क्रममा आत्मघाती विस्फोट गराएको जियो न्यूजले उल्लेख गरेको छ ।

 

विस्फोटपछि सुरक्षाकर्मीले क्षेत्र घेराबन्दी गरी उद्धार कार्य सुरु गरेका थिए । घाइतेहरूलाई इस्लामाबाद र रावलपिण्डीका विभिन्न अस्पतालमा सारिएको छ । अस्पतालहरूमा आपतकालीन अवस्था घोषणा गरिएको छ ।

 

घटनाप्रति राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शेहबाज शरीफले गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार