ट्रम्पको बेलायतलाई कडा चेतावनी: "चीनसँगको व्यापारिक सम्बन्ध अत्यन्तै खतरनाक"
२०८२ माघ १६ शुक्रवार
- बेइजिङमा प्रधानमन्त्री स्टारमरले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गरी सम्बन्ध सुधारको प्रयास गरिरहेका बेला ट्रम्पको यस्तो कडा टिप्पणी आएको हो।
बेलायती प्रधानमन्त्री कियर स्टारमरको चीन भ्रमण र त्यहाँ भएका व्यापारिक सम्झौताहरूलाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले "अत्यन्तै खतरनाक" भनेका छन्।
बेइजिङमा प्रधानमन्त्री स्टारमरले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गरी सम्बन्ध सुधारको प्रयास गरिरहेका बेला ट्रम्पको यस्तो कडा टिप्पणी आएको हो।
आफ्नी पत्नी मेलानियाको वृत्तचित्र प्रिमियर कार्यक्रममा बोल्दै ट्रम्पले बेलायत र चीनबीचको बढ्दो व्यापारिक सम्बन्धले जोखिम निम्त्याउने बताएका हुन्। उनले क्यानाडालाई पनि उस्तै चेतावनी दिँदै चीन आर्थिक संकटको समाधान हुन नसक्ने उल्लेख गरे।
यता, बेलायती प्रधानमन्त्री स्टारमरले भने यो भ्रमणलाई सफल भन्दै चीनसँगको सम्बन्ध "बलियो" भएको दाबी गरेका छन्। भ्रमणका क्रममा एस्ट्राजेनेकाको १०.९ अर्ब पाउण्डको लगानी, भिसा-मुक्त यात्रा र ह्विस्कीमा महसुल घटाउने जस्ता महत्त्वपूर्ण उपलब्धि भएको बताइएको छ।
रोचक कुरा त के छ भने, ट्रम्पले बेलायतको आलोचना गरिरहँदा उनि आफैं पनि आगामी अप्रिलमा चीन भ्रमण गर्ने तयारीमा छन्। बेलायतका विपक्षी नेताहरूले भने यस भ्रमणलाई चीनसामु "घुँडा टेकेको" भन्दै आलोचना गरेका छन्।
सन् २०२५ को तथ्याङ्क अनुसार अमेरिका बेलायतको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो भने चीन चौथो स्थानमा रहेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’