चीनले सञ्चालनमा ल्यायो एआईमा आधारित ट्राफिक प्रहरी रोबोट
२०८२ पुष ०३ विहीवार
- चीनको पूर्वी प्रविधि केन्द्र झेजियाङ प्रान्तको हाङ्झोउ शहरमा एआई प्रविधियुक्त रोबोट ट्राफिक प्रहरीले औपचारिक रूपमा काम सुरु गरेको हो ।
काठमाडौं: चीनले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित ट्राफिक प्रहरी रोबोट सञ्चालनमा ल्याएको छ । चीनको पूर्वी प्रविधि केन्द्र झेजियाङ प्रान्तको हाङ्झोउ शहरमा एआई प्रविधियुक्त रोबोट ट्राफिक प्रहरीले औपचारिक रूपमा काम सुरु गरेको हो ।
“हाङसिङ नम्बर–१” नाम दिइएको यो ट्राफिक रोबोटलाई हाङ्झोउ सहरको ट्राफिक प्रहरीको रणनीतिक इकाइसँग सहकार्य गरेर विकास गरिएको हो । चौडा काँध, बेसबल क्याप र एआई अपरेटिङ सिस्टमसहित तयार गरिएको यो रोबोटले हात फैलाएर सवारी साधन तथा पैदलयात्रीलाई संकेतमार्फत निर्देशन दिन्छ र आवाजमार्फत ट्राफिक नियम पालना गर्न आग्रह गर्छ ।
उच्च क्षमताका क्यामेरा र सेन्सर जडान गरिएको यो रोबोटले ट्राफिक र पैदलयात्रीले गर्ने सामान्य नियम उल्लङ्घनलाई रियल–टाइममै पहिचान गर्न सक्छ । नियम उल्लङ्घन भएको खण्डमा रोबोटले तुरुन्तै आवाजमार्फत चेतावनी दिने गर्छ । एक पैदलयात्रीका अनुसार, आधा मिटरभन्दा कम दूरीमै रेखा नाघ्दा पनि रोबोटले तुरुन्तै सचेत गराएको थियो ।
जसले यसको छिटो प्रतिक्रिया क्षमताको पुष्टि गर्छ । त्यस्तै, एक मोटरसाइकल चालकले रोबोट देख्नासाथ अनायासै प्रतीक्षा रेखामा रोकिने बानी परेको भन्दै यसले प्रहरी जनशक्तिको खर्च कम गर्न सहयोग गर्ने र भविष्यमा यस्तो प्रविधि सामान्य बन्ने विश्वास व्यक्त गरे ।
ट्राफिक नियम उल्लङ्घन पहिचान गर्नुका साथै यो रोबोट ट्राफिक सिग्नल प्रणालीसँग समन्वयमा काम गर्दै मानव प्रहरीलाई सवारी व्यवस्थापन र सडकमा अनुशासन कायम राख्न सहयोग गर्छ । प्रहरी अधिकारी झाङ वान्झेका अनुसार, हाल यो रोबोट दुईवटा मोडमा सञ्चालन भइरहेको छ ।
सडकको बीच भागमा उभिएर सवारी निर्देशन दिने र चोक–चौराहामा मार्गदर्शन गर्ने । अहिले परीक्षण चरणमा रहेको यो एआई ट्राफिक व्यवस्थापन रोबोटलाई आगामी दिनमा ठूलो भाषा मोडेल प्रविधिसहित अझ उन्नत बनाइने विकासकर्ताहरूले बताएका छन् । जसले यसलाई अझ व्यापक र प्रभावकारी आवाजीय अन्तरक्रिया गर्न सक्षम बनाउनेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।