इजरायल–हमास युद्धविरामपछि गाजामा ग्यास अभाव गहिरिँदै

२०८२ मङ्सिर २१ आइतवार
सारांश
  • सम्झौता अनुसार गाजामा ६६० ग्यास ट्यांकर प्रवेश गर्ने तालिका बनाइएको थियो । तर अहिलेसम्म १०४ ट्यांकर मात्र भित्रिएको सरकारी कार्यालयले जनाएको छ, जुन कुल आपूर्तिको लगभग १६ प्रतिशत हो ।

काठमाडौं : अक्टोबरदेखि गाजा पट्टीमा लागू भएको इजरायल–हमास युद्धविरामपछि ग्यास आपूर्तिमा तीव्र कमी आएको छ । हमासद्वारा सञ्चालित सरकारी सञ्चार कार्यालयका अनुसार निर्धारित ग्यास आपूर्तिको केवल १६ प्रतिशत मात्र गाजामा प्रवेश गर्न पाएको छ ।


सम्झौता अनुसार गाजामा ६६० ग्यास ट्यांकर प्रवेश गर्ने तालिका बनाइएको थियो । तर अहिलेसम्म १०४ ट्यांकर मात्र भित्रिएको सरकारी कार्यालयले जनाएको छ, जुन कुल आपूर्तिको लगभग १६ प्रतिशत हो ।


कार्यालयका अनुसार गाजामा ग्यास वितरण दर्ता भएका घरधुरीको आधारमा गरिन्छ । हालसम्म करिब २ लाख ५२ हजार घरधुरी ले मात्र आफ्नो भागको ग्यास पाएका छन्, जबकि लक्ष्य ४ लाख ७० हजार घरधुरी लाई आपूर्ति पुग्ने रहेको छ । यसले थुप्रै परिवार अझै पनि ग्यास अभावमा बस्न बाध्य भएको जनाइएको छ ।


ग्यास आपूर्तिमा जारी कमीका कारण सबै दर्ता भएका परिवारलाई वितरण सम्पन्न गर्न कम्तीमा तीन महिना लाग्ने गाजा प्रशासनको अनुमान छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार