गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट, २३ जनाको मृत्यु

२०८२ मङ्सिर २१ आइतवार
सारांश
  • भारतको गोवाको अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ ।

काठमाण्डौ, २१ मङ्सिर । भारतको गोवाको अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ । मृतकमध्ये तीन महिला र ३-४ जना पर्यटक रहेको मुख्यमन्त्रीले बताएका छन् ।

 

गोवाका मुख्यमन्त्री प्रमोद सावन्त र स्थानीय विधायक माइकल लोबो घटनास्थलमा पुगेका थिए । उनले तीन जनाको जलेर मृत्यु भएको छ भने अन्यको मृत्यु भएको छ । दुर्घटनाको पूर्ण अनुसन्धान गरिनेछ र दोषीहरूमाथि कडा कारबाही गरिने मुख्य्म्नात्री सावन्तले बताएका छन् ।

 

प्रारम्भिक जानकारीबाट नाइट क्लबले अग्नि सुरक्षा नियमहरूको पालना नगरेको बताइएको छ । अहिलेसम्म २३ जनाको शव फेला परेको छ र मृतकहरूमा धेरै जसो क्लबका कर्मचारी भएको बताइएको छ ।

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति दुख व्यक्त गर्दै राज्य सरकारले प्रभावित सबैलाई आवश्यक सहयोग गर्ने बताएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार