चीनले गर्यो नयाँ लो अर्थ आर्बिट स्याटलाइट प्रक्षेपण

२०८२ कार्तिक २४ सोमवार
सारांश
  • चीनले ह्यानान प्रान्तको व्यावसायिक अन्तरिक्ष प्रक्षेपण स्थलबाट सोमबार नयाँ लो अर्थ आर्बिट स्याटलाइट समूह सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

एजेन्सी, २४ कार्त्तिक । चीनले ह्यानान प्रान्तको व्यावसायिक अन्तरिक्ष प्रक्षेपण स्थलबाट सोमबार नयाँ लो अर्थ आर्बिट स्याटलाइट समूह सफलतापूर्वक प्रक्षेपण गरेको छ ।


यो स्याटलाइट समूह, जुन इन्टरनेट कन्स्टेलेसनको १३ औँ समूह हो । यो स्याटेलाइट बेइजिङको स्थानिय समय अनुसार बिहान १०ः४१ बजे लङ मार्च–१२ कैरियर रकेटमा सवार भएर आकाशमा प्रक्षेपित भएको हो ।

 

प्रक्षेपणअघि रकेटको ट्रान्सफर तथा प्रक्षेपणको हवाई दृश्य पनि कैद गरिएको थियो ।


ह्यानान प्रान्तका प्रशासकहरुले पुष्टि गरे अनुसार, सबै स्याटलाइटहरू आफ्नो निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेका छन् । यो प्रक्षेपणले चीनको अन्तरिक्ष प्रविधि र व्यावसायिक स्याटलाइट नेटवर्क विस्तारमा थप प्रगति दर्शाउँछ ।
सीसीटीभी
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार